आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

गणेश थापाका ती दुई गोल

बिहिबार, १० चैत्र २०७८खेलपाटी संवाददाता
गणेश थापाका ती दुई गोल
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालले आज मैत्रीपूर्ण खेलमा थाइल्यान्डको सामना गर्दैछ । जति बेला कुनै टिमविरुद्ध हामी आधिकारिक खेल खेल्छौं, त्यस अगाडि इतिहास पल्टाउने प्रयास गर्छौ, तर हामीलाई हात लाग्ने भनेको निराशा मात्रै हो । थाइल्यान्डविरुद्ध नेपालले कति पल्ट खेल्यो त ? यो प्रश्नको उत्तर गाह्रो छ । सम्भवत: आधिकारिक रूपमा दुई पल्ट, फेरि सम्भवत: यो चार पल्ट पनि हुन सक्छ ।

सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेल खेलेको थियो । यी दुवै खेलमा नेपाल पराजित रहेको थियो । त्यो अर्थमा थाइल्यान्डविरुद्धको आजको खेल नेपालका लागि तेस्रो हुनेछ । बैंककमा भएका ती दुई खेलमा नेपाल क्रमश: ३–० र २–१ ले पराजित रहेको थियो, अनि त्यसमा नेपालका लागि एक गोल गर्ने खेलाडी मणि शाह थिए ।

सन् १९८२ मा नेपालले थाइल्यान्डको बैंककमा भएको किंग्सकप खेलेको थियो र यसक्रममा थाइल्यान्ड, सिंगापुर र फिलिपिन्स जस्ता टिमविरुद्ध खेलेको थियो । त्यसमा नेपाल सिंगापुरविरुद्ध २–० ले पराजित रह्यो भने थाइल्यान्डविरुद्ध पनि ३–१ को हार निस्केको थियो । नेपाल फिलिपिन्सलाई भने १–० ले पराजित गर्न सफल रह्यो । 

नेपाल सम्मिलित समूहको एउटा अर्को टिम भने चीनको टियानचिन थियो । यो कुनै राष्ट्रिय टिम थिएन् । अब प्रश्न हो, ती तीन टिमविरुद्धको खेललाई आधिकारिक मान्ने कि नमान्ने ? विशेषत: यी तीन देशले आफ्ना अन्तर्राष्ट्रिय खेलको गणना गर्दा त्यसलाई आधिकारिक मान्ने गरेको पनि छ, नेपालमा भने यसको स्पष्ट उत्तर छैन् । 

संयोगले नेपालले थाइल्यान्ड र सिंगापुरविरुद्ध गरेका दुवै गोल गणेश थापाको नाममा थियो । उनी त्यो समय आफ्नो खेल जीवनको उत्कृष्ट मोडमा थिए र ती दुवै गोल उत्तिकै अब्बल दर्जाका थिए । उनी औपचारिक कुराकानीका क्रममा यी दुई गोललाई लिएर खुबै गर्व पनि गर्ने गर्छन् र गुनोस पनि रहने गर्छ, यसलाई किन औपचारिक गोलका रूपमा आफ्नो नाममा राखिएन भनेर ।

अब त्यो खेल गणना गर्ने हो भने थाइल्यान्डविरुद्ध खेलेको खेल संख्या तीन पुग्छ, अझ यो नै दुई देशबीचको पहिलो खेल रह्यो । सन् १९९८ मा थाइल्यान्डको बैंककले एसियाली खेलकुदको आयोजना गरेको थियो । त्यसमा नेपाली राष्ट्रिय फुटबल टिम पनि सहभागी थियो र त्यति बेला यू २३ टिमले खेल्ने नियम आइसकेको थिएन् ।

त्यति बेला पनि प्रतियोगिता सुरु हुन अगाडि नेपालले थाइल्यान्डविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो र त्यसमा नेपाल २–० ले पराजित रह्यो । त्यसमा सहभागी खेलाडीलाई के झिनो सम्झना छ भने त्यो औचापरिक खेल नै थियो र सम्भवत: नेपालले खेलेको पहिलो मैत्रीपूर्ण खेल यही हुनु पर्छ । यसलाई पनि गणना गर्दा नेपाल र थाइल्यान्डबीचको खेल चार पुगेन र ?

Loading ad...
LiNing Ad
खेलपाटी विशेष

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै