रुसमाथि फिनाको प्रतिबन्ध
बिहिबार, १० चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । पौडी खेलको सर्वोच्च निकाय फिनाले रुस र बेलारुसका खेलाडीलाई २०२२ मा वुडापेस्टमा हुने विश्व च्याम्पियनसिपमा सहभागी नगराउने निर्णय गरेको छ ।
ओलम्पिक च्याम्पियन रुसी पौडीबाज इभजेनी रायलोभले च्याम्पियनसिपबाट आफ्नो नाम फिर्ता लिएपछि फिनाले सो निर्णय गरेको हो ।
फिनाले खेलकुद पदाधिकारीहरुलाई समेत च्याम्पियनसिपमा सहभागि हुन रोक लगाएको छ ।
फिनाको निर्णयपछि रुसको स्वीमिङ फेडरेसनले भने सन् २०२२ भरी नै आफ्ना खेलाडीलाई फिनाको प्रतिस्पर्धामा सहभागिता नगराउने जनाएको छ ।
पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय खेलकुद निकायहरुले रुसमाथि प्रतिबन्ध लगाउदै आएका छन् ।
#फिनाको निर्णयपछि रुसको स्वीमिङ फेडरेसनले भने सन् २०२२ भरी नै आफ्ना खेलाडीलाई फिनाको प्रतिस्पर्धामा सहभागिता नगराउने जनाएको छ ।














-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)