स्वर्ण पदक खोसियो, ८ वर्षको प्रतिबन्ध
बुधबार, ०९ चैत्र २०७८खेलपाटी संवाददाता
काठमाडौं। काजकिस्तानका भारोत्तोलन खेलाडी निजात रहिमोभले २०१६ को रियो ओलम्पिकमा जितेको स्वर्ण पदक खोसिएको छ ।
डोपिङमा असफल भएपछि रहिमोभको स्वर्ण पदक खोसिएको हो ।
यस्तै उनलाई आठ वर्षको प्रतिबन्ध लगाईएको छ ।
उनको २०१६ को मार्च १५ पछिका सबै नतिजाहरु समेत रद्द गरिएको छ ।
२०१५ को विश्व च्याम्पियन रहिमोभलाई २०१३ मा पनि दुई वर्षको प्रतिबन्ध गरिएको थियो ।
रियो ओलम्पिकमा उनले ७७ केजी तौल समूहमा स्वर्ण जितेका थिए ।

स्वर्ण पदक खोसियो८ वर्षको प्रतिबन्ध














-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)