काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत सरिता थुलुङले पारा स्पोर्ट्स अनर–२०७७ हात पारेकी छन् ।
लन्डनमा भएको विश्व पारा च्याम्पियसिप र सिंगापुरमा भएको पारा प्रतियोगितामा उनले राष्ट्रको प्रतिनिधित्व गरिन् ।
सुनसरीकी सरितालाई ३ वर्षको उमेरमा पोलियो भएपछि उनले एउटा खुट्टा गुमाउन पुगिन् ।
तर उनी घस्रेर भएपनि विद्यालय जान छोडिनन् । स्कुलमा पढाईसंगै अतिरिक्त क्रियाकलापमा संलग्न भईन् ।
कलेज पढ्न काठमाडौं आँउदा सांगितिक करिअर अगाडि वढाउने सोच बनाएकी सरिताले फरक क्षमताहरुको खेलकुदको बारेमा थाहा पाइन् र पारा खेलकुदमा होमिइन् ।
सरिताले सुरुआत फुटबलबाट गरेपनि उनीलाई फुटबल, ह्विलचियर वास्केटबल, पौडी, पावर लिफ्टिङको कुनैपनि प्रतिस्पर्धामा दोस्रो हुनु परेको छैन ।
ह्विल चियरमा फनफनी नाचेर सरिताले कैयन् पारा खेलाडीहरुमा उर्जा भरेकी छिन् ।
तर गतवर्ष टोकियो पारा ओलम्पिकमा छानिए पनि पदाधिकारीको गम्भिर त्रुटीका कारण उनी खेल्न बाट वञ्चित भएकी थिइन् ।