काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल विद्यालय खेलकुद महासंघको संयुक्त आयोजनामा आईएसएफ स्कुल स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स सोमबार सम्पन्न भएको छ ।
खुमल्टारस्थित प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलमा भएको तीनदिने कोर्समा २ सय प्रशिक्षार्थी सहभागी भएको आयोजक महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।
कोर्समा सहभागीलाई स्पोर्ट्स साइन्स, स्पोर्ट्स बायो–मेकानिक्स, स्पोर्ट्स ट्रेनिङ कोचिङ साइन्स एन्ड ओफिसिएटिङ, स्पोर्ट्स न्युट्रिसन, स्पोर्ट्स फिजियोथेरापी, स्पोर्ट्स इभेन्ट्स एन्ड स्पोर्ट्स म्यानेजमेन्ट, स्पोर्ट्स साइकोलोजी र एनएससी रुल्स एन्ड रेगुलेसनका विषयमा जानकारी दिइएको थियो ।