काठमाडौं । द हिमालयन क्लव अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा जारी कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल २०२२ को दोश्रो दिनको खेलमा द हिमालयन क्लब, गुल्मी टाइगर्स, एक्स्पर्ट सगरमाथा ब्लुज र मभेन क्रिकेट विजयी भएका छन् ।
दिनको पहिलो खेलमा द हिमालयन क्लबले दोश्रो जित दर्ता गर्ने क्रममा रोयल राइनोज क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो ।
रोयल राइनोजले दिएको १ सय २ रनको लक्ष्य द हिमालयन क्लबले ३ विकेट क्षेतीमा भेटायो । द हिमालयनको जितमा भुपराज पंगेनीले २४ तथा सरोज क्षेत्रीले २० रन बनाए भने बलिङतर्फ उदय देवकोटा र रमनित सिंहले समान २/२ विकेट लिए। रोयल राइनोजको ब्याटिङमा रिखभ पाँचलले ३८ तथा बलिङ दिपेस बिस्टले २ विकेट लिए । प्लेयर अफ द म्याच सरोज क्षेत्री घोषित भए ।
दिनको दोश्रो खेलमा गुल्मी टाइगर्सले दोश्रो जित दर्ता गर्ने क्रममा गोर्खाली क्रिकेट क्लबलाई १० रनले पराजित गर्यो । गुल्मीले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा गोर्खालीले निर्धारित ओभरमा ७ विकेट क्षेतीमा १ सय २७ रन बनायो । गुल्मीको जितमा पदम गौतमले ३८ र आकाश क्षेत्रीले २६ रन तथा बलिङतर्फ दिपेश खत्रीले ३ तथा हेमु बुढाथोकीले २ विकेट लिए । गोर्खालीको ब्याटिङमा सुरेश क्षेत्रीले ३१ र जेम्स थापाले २२ तथा बलिङमा निर्माण वाग्लेले २ विकेट लिए । पदम गौतम प्लेयर अफ द म्याच घोषित भए ।
दिनको तेश्रो खेलमा एक्स्पर्ट सगरमाथा ब्लुजले दोश्रो जित दर्ता गर्ने क्रममा फारवेस्ट हन्टर्सलाई ३ विकेटले पराजित गर्यो । फारवेस्टले दिएको १ सय ४९ रनको लक्ष्य सगरमाथाले ७ विकेट क्षेतीमा भेटायो । सगरमाथाको जितमा हरविन्दर सिंहले ४३ र हम्जा अलिले ४० रन तथा बलिङतर्फ बिक्रम तिवारी र सारांश थापाले समान २/२ विकेट लिए । फारवेस्टको ब्याटिङ तर्फ मुसद्दिक अलिले ६३ तथा बलिङमा पुकार घिमिरेले २ विकेट लिए पनि जितको लागिप्रयाप्त रहेन । हरविन्दर सिंह प्लेयर अफ द म्याच घोषित भए ।
चौंथो खेलमा मभेन क्रिकेट क्लबले एभरेस्ट लायन्सलाई ६ विकेटले पराजित गर्यो । एभरेस्टले दिएको १ सय ९ रनको लक्ष्य मभेनले ४ विकेट क्षेतीमा भेटायो । मभेनको जितमा ब्याटिङतर्फ गुरप्रताप सिंहले ३३ तथा सौरभ अरोराले २२ रन बनाए भने बलिङतर्फ निराजन कार्कीले ४ तथा सौरभ अरोराले २ विकेट लिए । एभरेस्टको ब्याटिङमा कमल क्षेत्रीले २९ तथा बलिङमा सुरज दाहालले २ विकेट लिए । प्लेयर अफ द म्याच निराजन कार्की घोषित भए ।
दोश्रो दिनको खेल समाप्ति पछि समुह ‘ए’ मा द हिमालयन क्लब र गुल्मी टाइगर्सको २ खेलमा समान २ जित पछि समान ४ अंक छ । गोर्खाली क्रिकेट क्लब र रोयल राइनोज क्रिकेट क्लब दुवै खेलमा पराजित भएका छन् । समुह ‘बि’ तर्फ एक्स्पर्ट सगरमाथा ब्लुजले खेलमा ४ अंक छ भने मभेन क्रिकेट क्लब र फार वेस्टको २ खेलमा समान १ जित र १ हार पछि २ अंक छ। एभरेस्ट लायन्स क्रिकेट क्लब दुवै खेलमा पराजित भयो । प्रतियोगिताको समुह चरणको अन्तिम खेलहरु आगामी साता शनिवार मार्च २६ तारिखमा खेलिनेछ भने मार्च २७ तारिख आईतबार नक आउट र फाइनल खेल हुनेछ ।
द हिमालयन क्लब, एक्सपर्ट सागरमाथा ब्लुज, रोयल राइनोस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, फार वेश्टर्न हन्टर्स, गोर्खाली क्रिकेट क्लब, एभरेस्ट लायोन्स, गल्मी टाइगर्स गरेर आठ टिमहरुको सहभागीता रहने यो बर्षको द हन्ड्रेड प्रतियोगिता चार दिन शनिबार १९ मार्च, आइतबार २० मार्च, शनिबार २६ मार्च र आइतबार २७ मार्च सम्म चल्ने छ ।