बुटवल । नेपाल जिम एण्ड फिटनेसका अनिश थापाले मिस्टर रुपन्देहीको उपाधि जितेका छन् ।
७० केजी माथिको तौल समूहमा विजेता बन्दै फाइनल पुगेका अनिश ओभरअल च्याम्पियन बनेका हुन् । प्रतियोगितामा सहभागी ४४ जना खेलाडीलाई पछि पार्दै उनले मिस्टर रुपन्देहीको उपाधि हात पारे । उपाधिसँगै उनले ५१ हजार नगद र आकर्षक ट्रफि हात पारे ।
राकेश यादबले दोस्रो हुँदै २५ हजार प्राप्त गर्दा तेस्रो भएका चन बहादुर थापाले १५ हजार प्राप्त गरे । अमित पंगेनी चौंथो हुँदै १० हजार र पाँचौ भएका रोशन श्रेष्ठले ५ हजार हात पारे। प्रतियोगितामा बेष्ट पोजरको उपाधि महम्मद जुमरातीले जिते ।
एक्टिभ प्लस जिम एण्ड फिटनेसको आयोजना तथा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गरेको प्रतियोगिताको ५५ केजी तौल समूहतर्फ योवर्स मल्टि फिटनेस सैनामैनाका रोशन श्रेष्ठ पहिलो, फिट २४ हेल्थ एण्ड फिटनेस क्लबका स्यामुल गुरुङ दोस्रो र रोयल आइरन जिम बलराम डुम्रे तेस्रो भए ।
६० केजी तौल समूहमा कृष्ण जिम एण्ड फिटनेसका चन बहादुर थापा पहिलो, नेपाल जिम एण्ड फिटनेसका मोहम्मद जुमराती दोस्रो र युवोर्स मल्टि फिटनेस सैनामैना का विशेषजंग पाण्डे तेस्रो भए ।
त्यस्तै ६५ केजी तौल समूहमा रोयल आइरन जिमकम अमित पंगेनी पहिलो, डायनेष्टी फिटनेस क्लबका सिद्धार्थ भण्डारी क्षेत्री दोस्रो र एसएस फिटनेस एण्ड एरोविकका विशाल कुमार निशाद तेस्रो भए ।
७० केजी तौल समूहमा एसएस फिटनेस एण्ड एरोविकका राकेश यादब पहिलो, हेमर फिटनेसका संजय कुमार पाठक दोस्रो र र एक्ट्रिम फिटनेस क्लबका आकाश राना तेस्रो स्थानमा रहे ।
त्यसैगरी ७० केजी माथिको समूहमा नेपाल जिम एण्ड फिटनेसका अनिश थापा पहिलो, हेमर फिटनेस बिष्णु निशाद दोस्रो र डायनेष्टी फिटनेस क्लबका आदित्य श्रेष्ठ तेस्रो भएको रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले बताए ।
तौल समूहबाट विजेता बन्दै छनौट चरण पार गरेका पाँच जना विजेताहरुबीच फाइनलमा प्रतिस्पर्धा गराइएको थियो ।