काठमाडौं । मिस्टर रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजक एक्टिभ प्लस जिम एण्ड फिटनेशले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबर जानकारी गराएको हो।
शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीको सहकार्यमा प्रतियोगिता शनिबार बुटवलको बेल्बासमा आयोजना हुनेछ ।
प्रतियोगितामा ६ वटा वजन समूहमा प्रतिस्पर्धा हुने जानकारी गराएको छ । खेल संयोजक सरोज सिंहका अनुसार ५५, ६०, ६५, ७०, ७५ र ७५ केजि भन्दा बढी तौल समूहमा प्रतियोगिता हुने खेल संयोजक सिंहले बताए ।
रुपन्देही जिल्लामा ३२ वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिम्मबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडी गरी जम्मा १२ जना खेलाडीले प्रतियोगितामा भाग लिन पाउने उनले बताए । साथै दर्ता नभएका जिम्म क्लबले पनि प्रतियोगितामा भाग लिन पाउने संयोजक सिंहले बताए ।
प्रतियोगितामा ओभर अलमा पहिलो हुनले नगद ५० हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार, चौंथोले १० हजार र पाँचौंले ५ हजार नगद पाउने छन् ।
यस्तै प्रत्येक वजन समूहको दोस्रो र तेस्रो हुने खेलाडीको लागि क्रमशः ३ हजार, २ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्र पाउने बताए ।
कार्यक्रममा बोल्दै शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका अध्यक्ष सितुप्रसाद श्रेष्ठले कोरोना महामारीका कारण सुस्ताएका खेलाडी र जिम व्यवसायलाई चलायमान गराउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।