काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशले पहिलो जित हात पारेको छ ।
न्यूजिल्यान्डको हामिल्टनमा सोमबार भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ९ रनले पराजित गर्दै पहिलो जित हात पार्न सफल भएको हो ।
जितका लागि २ सय ३५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २५ रन मात्र जोड्न सक्यो ।
पाकिस्तानका लागि सिदरा अमिनले १ सय ४ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकिनन ।
बंगलादेशका लागि फाहिमा खातुनले सर्वाधिक ३ विकेट हात पारिन् ।
रुमाना अहमदले २ तथा जहानारा आलम र सलमा खातुनले एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ३४ रन बनायो ।
बंगलादेशका लागि फरगाना हकले सर्वाधिक ७१ रनको योगदान गर्दा कप्तान निगार सुल्तानाले ४६ रन जोडिन् ।
पाकिस्तानका लागि नसरा सान्धुले सर्वाधिक ३ विकेट लिईन् ।
फतिमा साना, निदा दार र ओमाइना सोहेलले एक–एक विकेट लिए ।
बंगलादेशको तीन खेल मध्ये पहिलो जित हो भने पाकिस्तानले चारवटै खेलमा पराजय भोगेको छ ।