काठमाडौं । यू-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत ६ गतेबाट सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता चैत ६ देखि चैत ११ गतेसम्म संचालन हुने जनाएको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगतामा ७ टोलीको सहभागिता रहने छ ।
प्रतियोगिता आगामी मे–जुनमा हुने आईसीसी यू–१९ महिला एसिया कप छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत रहेको छ ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश,लुम्बिनी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को सहभागिता रहेको छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच चैत ६ गते प्रतिस्पर्धा हुनेछ ।
खेल तालिका :