काठमाडौं । वेस्ट इन्डिजका पूर्व अलराउन्डर कार्लोस ब्रेथवेटले इंग्ल्यान्डका कप्तान जोए रुटले वेस्ट इन्डिन क्रिकेट टिमलाई अपमान गरेको आरोप लगाएका छन् ।
घरेलु टोली वेस्ट इन्डिज र इंग्ल्यान्डबीचको पहिलो टेस्ट बराबरीमा टुंगिएको खेलका क्रममा रुटले वेस्ट इन्डिजको अपमान गरेको आरोप कार्लोस ब्रेथवेटले लगाए ।
वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट खेलका क्रममा इंग्ल्यान्डले अन्तिम ५ बल बाँकी रहदासम्म खेलेका थिए ।
अन्तिम ५ बल बाँकी छदा इंग्ल्यान्डले वेस्ट इन्डिजको बाँकी रहेको ६ विकेट लिने सम्भावना नरहेपछि मात्र रुटले खेल अन्त्य गर्ने निर्णय गरेका थिए ।
जितका लागि २ सय ८६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ६७ रनमा ४ विकेट गुमाएपनि नक्रुमाह बोनर र जासन होल्डर अविजित रहदै अन्तिम ५ बल बाँकी रहदा सम्म मैदानमा रहेका थिए ।
बोनर र होल्डर दुई घण्टा भन्दा बढी समय मैदानमा विताएका थिए र इंग्ल्यान्डका बलरलाई निराश बनाएका थिए ।
तर ज्याक लिचको अन्तिम ५ बल बाँकी रहेपछि रुटले वेस्ट इन्डिजका खेलाडीसँग हात मिलाउन गएका थिए ।
ब्रेथवेटले रुटले त्यो भन्दा धेरै अघि नै खेल बराबरी भएको स्विकार्नुपर्ने धारणा राखेका छन् ।
ब्रेथवेटले भारत, न्यूजिल्यान्ड वा पाकिस्तानविरुद्ध खेल्दा सम्भत रुटले सायदै यस्तो निर्णय लिने दावी गरे ।