एजेन्सी । भारतीय क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को टिम रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले नयाँ कप्तान घोषणा गरेको छ ।
सनिबार आरसीबीले दक्षिण अफ्रिकाका फाफ डुप्लेसीसलाई टिमको कप्तान घोषणा गरेको हो । यसअघि टिमको कप्तानी भारतीय ब्याटर विराट कोहलीले गर्दै आएका थिए ।
३७ वर्षे भेट्रान ब्यटर डुप्लेसीस यसअघि चेन्नाई सुपर किङ्सबाट लामो समय देखि आईपीएल खेल्दै आएका थिए । आगामी सिजनको लागि आरसीबीले डुप्लेसीसला मेगा अक्सनबाट अनुबन्धन गरेको थियो ।
डुप्लेसीसलाई आरसीबीका अध्यक्ष प्रथामेश मिश्रा र क्रिकेट अपरेशन निर्देशक माइक हसनले भर्चुअल कार्यक्रममा कप्तानको जिम्मेवारी हस्त्रंत्रण गरेका थिए ।
'यस अवसरको लागि म भित्रै देखि आभारी छु। मैले धेरै आईपीएल खेलेको छु र खेलको गतिशीलता बुझेको छु। विदेशी खेलाडीलाई विश्वास गर्नु सानो कुरा होइन' डुप्लेसिसले कप्तानीको जिम्मेवारी पाएपछि खुसी हुँदै भने, म घरेलु (भारतीय) खेलाडीको अनुभबप्रति भर पर्नेछु, हामीले यस खेलका एक महान लिडर वीरत कोहली पनि पाएका छौं ।'
डुप्लेसिसले हालसम्म आईपीएलमा एक सय खेल खेलिसकेका छन् । उनले लिगमा २ हजार ९ सय ३५ रन बनाएका छन् । गतवर्ष चेन्नईलाई उपाधि दिलाउन एकै सिजनमा ६ सय ३३ रन प्रहार गरेका थिए ।
डुप्लेसिसले सन् २०२० देखि दक्षिण अफ्रीकाको सबै फर्म्याटबाट कप्तानी छाडेका थिए ।
गत सिजनअघि विराट कोहलीले यो आफ्नो अन्तिम कप्तानी हुने बताएका थिए ।