काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको उपल्क्ष्यमा काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनमा भएको दोस्रो हेरा माया श्रेष्ठ स्मृति राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताको उपाधि सिन्दिरा जोशीले जितेकी छन् ।
कुल ७० हजार रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगितामा ७ खेलमा ५ जित र २ बराबरीसंगै ६ अंकको साथ उनी च्याम्पियन भएकी हुन् ।
गोल्डेनगेट चेस क्लबकी अनिसा न्यौपाने ५ जित १ हार र एक बराबरीसँगै ५.५ अंकको साथ दोस्रो भईन । गोल्त्यडेनगेटकै पुनम प्रसाई ५ जित १ हार र १ बराबरीसहित तेस्रो बनिन् ।
समान अंक रहे पनि अनिसाले पुनमलाई तेस्रो चरणको खेलका हराएकी थिईन जसले गर्दा उनी हेड टु हेडमा पछि परेकी हुन् ।