काठमाडौं । पारा तेक्वान्दो खेलाडी सृजना घिसिङले इरानको राजधानी तेहरानमा हुने चौथों प्रेसिडेन्ट कप एसियाली तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् ।
प्रतियोगितामा सहभागिता जनाउन सृजना शुक्रबार इरान प्रस्थान गर्नेछिन् ।
प्रतियोगिता मार्च ९ तारिखबाट सुरु भएको छ ।
सृजनासँगै प्रशिक्षक कबिराज नेगी लामा पनि इरान प्रस्थान गर्नेछन् ।
प्रेसिडेन्ट कप पारा तेक्वान्दो खेलाडीको वरीयताका लागि महत्वपूर्ण रहेको छ ।
जुन १३ मा चीनमा हुने एसियन गेममा सहभागिता जनाउन खेलाडीको वरीयता महत्वपूर्ण रहने प्रशिक्षक कबिराजले जनाए ।
प्रशिक्षक कबिराजले प्रेसिडेन्ट कपका लागि पलेसा गोवद्र्धन र विशाल कर्माचार्यलाई भने रकम अभावका कारण सहभागिता गराउन नसकिएको बताए ।
नेपाली टिमको बिहीबार विदाई गरियो ।