काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले ‘दक्षिण एसियाली फुटबलमा महिला’ शीर्षकको भर्चुअल समिट आयोजना गरेको छ ।
साफले मंगलबार आयोजना गरेको समिटमा नेपालबाट समेत एक जना प्रतिनिधि सहभागी भएका थिए । समिटमा नेपालको प्रतिनिधित्व फिजियोथेरापिस्ट नविना श्रेष्ठ वैद्यले गरेकी थिइन् ।
समिटमा नविनाले आफ्नो अनुभव राखेकी थिइन् । समिटमा ७ सदस्य राष्ट्रको प्रतिनिधित्व रहेको थियो ।
नविना अखिल नेपाल फुटबल संघ (एन्फा) मा फिजियोथेरापिस्टको रुपमा कार्यरत रहेकी छिन् ।