आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिभरपुलको नजर इन्टर भन्दा पर, बायर्नलाई लेवेनडोस्कीको चिन्ता

मंगलबार, २४ फाल्गुण २०७८खेलपाटी संवाददाता
लिभरपुलको नजर इन्टर भन्दा पर, बायर्नलाई लेवेनडोस्कीको चिन्ता
Loading ad...
mustang rice ad

काठमाडौं । जति बेला लिभरपुलका प्रशिक्षक योगर्न क्लोपलाई यस सिजन चार उपाधि जित्ने सम्भावनाबारे बताइन्छ, उनी प्रतिक्रियामा मीठो हाँसो दिने गर्छन् । तर उनले पनि कम्तीमा के मानेका छन् भने अहिलेसम्म जति समय लिभरपुलको जिम्मा पाइएको छ, त्यसमध्ये अहिलेको टिम नै सबैभन्दा बलियो हो । उनले यत्तिको भन्न सक्नु पछाडिको कारण हो, कोलम्बियाली विन्गर लुइस डिजायको आगमन । उनी आएपछि सिजनको दोस्रो भागमा लिभरपुलको आक्रमण अझ बलियो भएको छ ।

गत साता मात्र लिभरपुलले पेनाल्टीमा चेल्सीलाई हराएर लिगकप जितेको थियो, त्यो पनि १० वर्षको प्रतीक्षापछि । जति बेला आज मंगलबार राति लिभरपुलले एनफिल्डमा इन्टर मिलानको सामना गर्नेछ, यो मर्सिसाइड क्लब युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेशका लागि बलियो प्रत्यासी रहने छ । अन्तिम १६ को पहिलो खेलमा लिभरपुल २–० ले अगाडि छ । धेरै खेलाडी फेरिएको टिमले पनि हालै एफएकपको क्वाटरफाइनल यात्रा गरिसकेको छ, त्यो पनि सजिलै ।

इंग्लिस प्रिमियर लिगमा लिभरपुल अहिले लगातार सात खेलको जित यात्रामा छ र म्यानचेस्टर सिटीलाई उपाधि होडमा बलियो टक्कर दिइरहेको छ । धेरैको विश्वास थियो, जनवरीमा लिभरपुल कमजोर हुनु पर्ने थियो, जति बेला मोहम्मद सलाह र साडियो माने अफ्रिकी कप अफ नेसन्स खेल्न क्यामरुन गएका थिए । तर पोर्टोबाट डियाज आएपछि त्यस्तो समस्या केही भएन् । क्लोप लिभरपुल आएयता टिमको सफलता धेरै सलाह, माने र ब्राजिली रोबर्टो फिरमिनोमा टिकेको थियो ।

अहिले यी तीनै खेलाडी ३० वर्ष माथिका हुने क्रममा छन् र तीनैको क्लबसँगको अनुबन्ध अर्को सिजन सकिंदैछ । क्लोप मान्छन्, त्यसै त हो, लिभरपुललाई नयाँ र युवा खेलाडी चाहिएको । लिभरपुल अहिले कति स्तरमा धनी छ भने १७ गोल गरिसकेका डिएगो जोटालाई पनि वेञ्चमा राख्न सकिन्छ । यो सबैको कारण हो, तीन साता अगाडि सानसिरोमा लिभरपुलले दुई गोलको जित निकालेको । इन्टरलाई यो नतिजा एनफिल्डमा पल्टाउन पक्कै सजिलो हुने छैन्, खालि असम्भव भन्न मात्र नसकिने हो ।

आजै राति अर्को अन्तिम १६ को दोस्रो लेगमा बायर्न म्युनिखले आफ्नो घरमा रेडबुल साल्सबर्गको सामना गर्नेछ । यो खेल १–१ को बराबरीमा छ, त्यसैले सबै प्रकारका सम्भावना खुल्ला छ । सम्भवत: एलिनाज एरिनामा हुने खेलमा बायर्न नै क्वाटरफाइनल प्रवेशका लागि बलियो प्रत्यासी रहनेछ, तर उसको ध्यान यस खेलमा मात्र छैन्, आफ्ना पोलिस फरवार्ड रोबर्ट लेवनडोस्कीमा पनि छ । यी जादुयी खेलाडीले बायर्नसँग नयाँ अनुबन्ध गर्न आनाकानी गरिरहेको छ ।

त्यसमाथि लेवनडोस्की आफैले पछिल्ला तीन खेलमा कुनै गोल गरेका छैनन्, जुन उनी जत्तिको खेलाडीका लागि अस्वभाविक हो । विशेषत: म्यानचेस्टर युनाइटेडले उनीमाथि बलियो रूचि देखाइरहेको छ । लेवनडोस्की ३३ वर्षका भए । त्यति मात्र होइन्, बायर्नका गोलरक्षक म्यानुएल नोया ३६ र थोमस मुलर ३२ वर्षका भए । यी तीनै खेलाडीको अनुबन्ध अर्को सिजन सकिनेछ । नोया र मुलरले त कुरैकुरामा बायर्नमै रहने भनिसकेका छन्, तर लेवनडोस्कीले यस्तो भनेका पनि छैनन् ।

अबको सिजन उनी कहाँ हुनेछन्, त्यसको अन्तिम निर्णय उनमै रहने निश्चित छ । लेवनडोस्की जत्तिको खेलाडीलाई गुमाउनु भनेको बायर्नको प्रतिष्ठामा आँच आउनु पनि हो, जुन जर्मन च्याम्पियनका लागि सह्य हुने छैन् । त्यसैले साल्सबर्गविरुद्धको खेल आफैमा उसका लागि गाह्रो छ, क्वाटरफाइनल पुग्न सफल रहेपनि त्यसपछिको यात्रा सजिलो हुने छैन् । त्यसैले हुन सक्छ, बायर्नको ध्यान अहिले अर्कैतिर छ, च्याम्पियन्स लिगमा भन्दा पनि ।

–एएफपीको सहयोगमा

Loading ad...
LiNing Ad
लिभरपुलको नजर इन्टर भन्दा परबायर्नलाई लेवेनडोस्कीको चिन्ता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै