मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुदमा देखिएको गतिरोधको अन्त्य 

बिहिबार, २७ माघ २०७८खेलपाटी संवाददाता
खेलकुदमा देखिएको गतिरोधको अन्त्य 

sadasy sachib 11.jpg

Loading ad...
mustang rice ad

काठमाडौं । घरेलु खेलकुदमा विगत दुई महिनादेखि देखिएको गतिरोधको अन्त्य भएको छ । मन्त्रीपरिषदले नीतिगत निर्णय गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा देखिएको समस्या समाधानको विकल्प खोजेको हो । 

राखेपको सदस्य सचिवको विवाद अदालत प्रवेश गरेसँगै नेपाली खेलकुद अनिर्णयको बन्दी बनेको थियो । तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमुक्त गर्ने निर्णय र टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवमा नियुक्त गर्ने निर्णय यथास्थितीमा राख्दै अदालतले अन्तरिम आदेश दिने-नदिने सन्दर्भमा फैसला गर्न दुवै पक्षलाई छलफलमा बोलाएको थियो । 

अदालती प्रक्रिया लम्बिदा खेलकुदको प्रमुख प्रशासनिक निकाय राखेप कार्यकारी विहीन बनेको थियो । नयाँ सरकार गठनसँगै राखेपमा सदस्य सचिवको विवाद सुरु भएको थियो । पुरानो सरकारले नियुक्त गरेका रमेशकुमार सिलवाललाई स्पष्टिकरण सोध्दै वर्तमान सरकारले पदमुक्तको निर्णय गरेको थियो । सरकारी निर्णयविरुद्ध सिलवाल अदालतमा गएका थिए । अदालतले दुवै निर्णयलाई यथास्थितीमा राख्दै अन्तरिम आदेश दिने÷नदिने विषयमा दुवै पक्षलाई छलफलमा बोलाएको थियो । 

तत्काल निर्णय आउने आशमा बसेको सरकार अदालती प्रक्रिया लम्बिदा समस्यामा पर्यो । खेलकुद ऐनमा सदस्य सचिवको पद रिक्त वा कुनै कारणले निलम्बन भएका अर्को सदस्य सचिव नियुक्ति वा निजको निलम्बन फुकुवा नभएसम्मको लागि अर्को व्यवस्था गर्न सकिने उल्लेख छ । 

तर अदालतले दुवै सदस्य सचिवलाई यथास्थितीमा राख्ने फैसला गरेको हुँदा रिक्त रहेको नठहरिने राय, सुझाव कानुनविदहरुले सरकारलाई दिएका थिए । सोही कारण खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपमा कार्यवहाकको जिम्मेवारी दिन सकेका थिएनन् । 

गत सोमबार मन्त्रीपरिषद बैठकले राखेपको सदस्य सचिवको अनुपस्थितीमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने नीतिगत निर्णय गर्यो । सोही निर्णयमा टेक्दै खेलकुद मन्त्री गतराजले मन्त्रालयका सह–सचिव कमलप्रसाद पोखरेललाई प्रशासनिक तथा आर्थिक अधिकार सहित राखेपको जिम्मेवारी सुम्पिए । 

युवा तथा खेलकुद मन्त्रालयका सचिव दामेदार रेग्मीले आवश्यकताको आधारमा मन्त्रीस्तरीय निर्णय अनुसार कार्यकारी अधिकार सहित मन्त्रालयका सह–सचिवलाई राखेपको जिम्मेवारी दिईएको बताए । 

‘सदस्य सचिवको अनुपस्थित रहेको अवस्थामा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार सहित जिम्मेवारी दिईएको हो । अदालतको फैसला आएको खण्डमा सदस्य सचिवलेनै राखेप सञ्चालन गर्नेछन् ।’ रेग्मीले भने ।

मन्त्री गहतराजले राखेपकै वरिष्ठ कर्मचारीलाई कार्यकारी अधिकार दिन खोजेका थिए । तर वरिष्ठ कर्मचारीबीच सहमती गरेर आउनुपर्ने उनको शर्त थियो । तर राखेपका वरिष्ठ कर्मचारीबीच सहमती बन्न नसकेपछि कार्यकारी अधिकार मन्त्रालयका सह–सचिवलाई दिने निर्णयमा मन्त्री पुगेका हुन् ।

राखेपमा कार्यकारी प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब खान पाएका थिएनन् भने राखेपको पूर्वाधार, प्रतियोगिता लगायतका बजेट कार्यान्वयनको काम अघि बढ्न सकेको थिएन । सदस्य सचिवको विवादले यस वर्ष पूर्वाधार र प्रतियोगिताका सम्पुर्ण बजेट फ्रिज हुने अवस्था सिर्जना भएको थियो । सरकारको पछिल्लो निर्णयले खेलकुदमा देखिएको गतिरोध हटेको मात्र छैन, अनिश्चित बनेको नवौं राष्ट्रिय खेलकुद र एसियन गेम्सको तयारी समेत अघि बढ्ने बाटो खुलेको छ । 
 

Loading ad...
LiNing Ad
#गतिरोध

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी