काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलंकाका फास्ट बलर धम्मिका प्रसादलाई नेपालको बलिङ कन्सल्ट्यान्टको रुपमा नियुक्त गरेको छ ।
धम्मिकालाई क्यानले ओमानमा हुने चारदेशीय सिरिज तथा आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि नियुक्त गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी गराए ।
धम्मिका शुक्रबार नेपाल आईपुग्ने मल्लले जनाए ।
तर धम्मिकाको पारिश्रमिक भने खुलाइएको छैन ।
नेपालले ओमानमा हुने चारदेशीय सिरिजअन्तर्गत पहिलो खेल आयोजक ओमानविरुद्ध फेब्रुअरी ११ तारिखमा खेल्नेछ ।
त्यसैगरी, फेब्रुअरी १२ तारिखमा युएईविरुद्ध तथा १४ मा आयरल्यान्डविरुद्ध खेल्नेछ ।
सिरिज पछि ग्लोबल छनोटको खेलहरु १८ तारिखबाट ओमानमै हुनेछ ।
क्यानले यस अघि भारतीय मुलका प्रशिक्षक रघु राम श्रीनिवासलाई नेपालको फिल्डिङ कन्सल्ट्यान्टको रुपमा नियुक्त गरिसकेको छ ।