मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

आहा राराको फाइनल : मनाङ आफ्नो ५० औं खेल खेल्दै

शनिबार, १५ माघ २०७८खेलपाटी संवाददाता
आहा राराको फाइनल : मनाङ आफ्नो ५० औं खेल खेल्दै
Loading ad...
mustang rice ad

पोखरा । हुने नहुने शंकाबीच, गर्ने नगर्ने दुविधाबीच अन्तत: आहा रारा गोल्डकप ०७८ शनिबार आफ्नो अन्तिम खेलमा आइपुगेको छ । त्यो भनेको फाइनल नै भयो । आजको फाइनलमा भिड्दै छन्, प्रतियोगिताको इतिहासकै सबैभन्दा सफल टिम मनाङ मर्स्याङ्दी र एपीएफ । मनाङकै सर्वाकालीन सफल कप्तान कुमार थापाको प्रशिक्षणमा रहेको एपीएफ आफै पनि अहिले त्यस्तो स्थितिमा छ, जहाँ उसले भन्न सक्ने छ, हामी पनि केही गर्न सक्षम छौं ।

सहिद स्मारक लिग ‘ए’ डिभिजनका पछिल्ला केही संस्करणमा अधिकांस समय रेलिगेसनबाट बच्न नै समय खर्चेको एपीएफ सायद कुमार आएयता केही हदसम्म अगाडि बढ्ने मनसायमा छ । जुन एपीएफ र नेपाली फुटबलका लागि धेरै राम्रो हो । अन्यथा लिगमा एपीएफबारे सुन्नु पर्ने भनेकै यसले यस्तो खराब गर्‍यो, यस्तो नराम्रो गर्‍यो भन्ने नै त थियो । विश्वास गरौं, एपीएफले अब यस्तो गर्ने छैन् र सफा फुटबल खेल्ने प्रयास गर्नेछ, चाहे त्यो मैदानमा होस अथवा मैदान बाहिर ।

एपीएफले आहा रारामा फाइनल खेल्न लागेको यो दोस्रो पल्ट हो । वर्ष ०६४ मा एपीएफ फाइनल त पुगेको थियो, तर उपाधिको भिडन्तमा पुलिसको हातबाट पराजित रह्यो । त्यो अर्थमा एपीएफ दोस्रो पल्ट आहा राराको फाइनल खेल्दैछ । एपीएफले यो प्रतियोगिता खेल्न थालेको वर्ष ०६१ देखि मात्र हो । त्यो वर्षदेखि उसले सात संस्करण लगातार खेलेको थियो, त्यसपछि सहभागिता नियमित रहेन् । अब यसपल्ट फाइनल पुगेपछि एपीएफले चाहने छ, सहभागितामा निरन्तरता ।

यो त भयो, एपीएफको कुरा । यसपल्टको फाइनलमा सबैको ध्यान भने मनाङमै रहनेछ र यसको प्रमुख कारण त आहा रारामा रहेको क्लबको विरासत नै हो । सायद धेरैले चाहने छ, उपाधि मनाङनै जितोस, किनभने यसले आहा राराकै इतिहासमा एउटा कोशेढुंगा उपलब्धी स्थापित हुनेछ र यसमा मनाङलाई पनि असाध्यै गर्व हुनेछ । मनाङ आहा राराको इतिहासमै सबैभन्दा समृद्ध इतिहास भएको क्लब हो, त्यसो भन्दा यो जत्तिको सफल क्लब यो प्रतियोगितामा अर्को छैन् ।

आजको फाइनल जिते, मनाङ आहा रारामा सातौं पल्ट विजेता हुनेछ र बन्ने छ, सर्वाधिक उपाधि जित्ने टिम । अहिलेसम्म मनाङ र पुलिसले समान छ छ पल्ट उपाधि जितेको छ । यसपल्ट मनाङले खेल्न लागेको यो १२ औं फाइनल हो । त्यो अर्थमा पनि यो टिम प्रतियोगितामा सर्वाधिक फाइनल खेल्ने टिम भयो नै । मनाङले छ पल्ट उपाधि मात्र जितेको छैन्, यसअघि पाँच पल्ट फाइनलमा हार पनि बेहोरेको छ । मनाङले ती सबै फाइनल जितेको भए ?

फुटबलको मज्जा भनेको यही हो, सबैले सबथोक चाहेर कहाँ पूरा हुन्छ र ? आजको फाइनलको नतिजा जे जस्तो सुकै होस, यही खेलकै क्रममा एउटा अर्को ऐतिहासिक कोशेढुंगा उपलब्धी भने स्थापित हुनेछ र त्यो हो, मनाङका लागि यो खेल प्रतियोगितामा उसले खेलेको ५० औं खेल हुनेछ । अर्थात आज मनाङ आफ्नो अर्धशतकीय खेल खेल्दैछ । यसको अर्थ मनाङ आहा रारा गोल्डकपको इतिहासमा सर्वाधिक खेल खेल्ने टिम पनि हो र यो उपलब्धी उसले किन चुम्यो भने यो प्रतियोगिताको सबैभन्दा सफल टिम पनि त हो । 
एउटा प्रश्न भने बाँकी नै छ, कतै मनाङको यस ऐतिहासिक क्षणलाई उसकै पुरानो कप्तान कुमारको एपीएफले किरकिरा पार्ने त होइन ? 

 

Loading ad...
LiNing Ad
स्पेसल फिचर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी