सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

मरिससविरुद्ध खेल्न नेपाल तयार

शुक्रबार, १४ माघ २०७८खेलपाटी संवाददाता
मरिससविरुद्ध खेल्न नेपाल तयार

Kiran and kiran.jpg

Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक किरण श्रेष्ठले अफ्रिकी मुलुक मरिससविरुद्ध मैत्रीपूर्ण खेलका लागि आफुहरु तयार रहेको बताएका छन् ।

शनिबार हुने पहिलो मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा श्रेष्ठले पहिलो खेलका लागि नेपालले सम्पूर्ण तयारी पुरा गरेको बताएका हुन् ।

पहिलो मैत्रीपूर्ण खेलअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक श्रेष्ठ र कप्तान किरण लिम्बु उपस्थित थिए ।
प्रशिक्षक श्रेष्ठले अघिल्ला खेलमा देखिएको गल्तीलाई सुधार गरेर मरिससविरुद्धको खेलमा उत्रने बताए । 

‘अघिल्ला खेलका गल्तीलाई सुधार गरेर राम्रो प्रर्दशन गर्ने अपेक्षा गरेका छौं ।’ उनले पत्रकार सम्मेलनमा भने ।

एसियन कप छनोटको तयारी स्वरुप राष्ट्रिय टिमलाई व्यस्त राख्न मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्ध नेपालको दुई टिम तयार गरेका छन् । बन्द प्रशिक्षणमा रहेका अधिकांश खेलाडीलाई समावेश गर्दै अलमुताइरीले टिम निर्माण गरेका छन् । 

राष्ट्रिय टिमका १२ खेलाडीलाई दुवै टिममा राख्दै अलमुताइरीले टिम निर्माण गरेका छन् । उनले मरिससविरुद्ध नतिजा भन्दा प्रर्दशनमा आफु केन्द्रित हुने बताईसकेका छन् । 

फिफा डेट अनुसार खेल्न लागिएको मैत्रीपूर्ण खेलमा नेपालले आफुभन्दा तल्लो वरियताको राष्ट्रसँग खेल्न लागेको छ । 

फिफा वरियतामा मरिसस १ सय ७२ औं स्थानमा छ । नेपाल फिफा वरियताको १ सय ६९ औं स्थानमा छ । 

नेपालले मरिसससँग शनिबार पहिलो र मंगलबार दोस्रो मैत्रीपूर्ण फुटबल खेल्नेछ । मरिससविरुद्ध सकारात्मक नतिजा निकाल्दै फिफा वरियतामा सुधार गर्ने नेपालको लक्ष्य छ । 

राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मैत्रीपूर्ण खेल भएपनि सकारात्मक नतिजाको अपेक्षा रहेको बताए ।

मरिससविरुद्ध खेल्न नेपाली टिम तयार रहेको उल्लेख गर्दै मैत्रीपूर्ण खेलबाट टिमलाई केही सिक्न मिल्ने उल्लेख गरे ।

‘हामी इतिहासमा पहिलो पटक अफ्रिकी मुलुकसँग खेल्दैछौं । यो हाम्रा लागि छुट्टै अनुभव हुनेछ ।’ उनले भने ।

मरिसस फुटबल टिमका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालविरुद्ध राम्रो प्रर्दशन गर्ने अपेक्षा गरेको बताए ।  

‘पहिलो पटक नेपाल आएका हौं । नेपालविरुद्ध राम्रो खेल्ने अपेक्षा छ ।’ उनले भने ।  
 

Bajaj Pulsar Motorcycle Ad
#मरिसस

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
सेमिफाइनलमा सलहेश

सेमिफाइनलमा सलहेश

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

गण्डकीले  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

पोर्टो पुगे थियागो

पोर्टो पुगे थियागो

राफिन्हा र यमल फेरि नायक

राफिन्हा र यमल फेरि नायक

३०औं क्लब गोलमा केन

३०औं क्लब गोलमा केन