काठमाडौं । पन्ध्रौं विश्व फिना पौडी च्याम्पियनसिप (सर्ट कोर्स)को २०० मिटर फ्रिस्टाइलतर्फ नेपालका नासिर हुसेन ६३ औं भएका छन् ।
युएईको अबुधावीमा शुक्रबार भएको प्रतिस्पर्धामा नासिरले २०० मिटरको दुरी १ मिनेट ५८.३० सेकेन्डमा पुरा गरे ।
उनी फाइनलका लागि भने छनोट भएनन ।
हिट राउन्डमा ६९ जनाले प्रतिस्पर्धा गरेका थिए ।
हिट राउन्डमा प्रथम भएका ब्राजिलका फर्नान्डो चेफरले १ मिनेट ४२.४२ सेकेन्डमा सो दुरी पुरा गरे ।
शुक्रबार नै महिला १०० मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तन्दुकार ७१ औ भएकी छन् ।
अनुसियाले १०० मिटरको दुरी १ मिनेट ०२.७७ सेकेन्डमा पुरा गरिन् । उनी फाइनलका लागि भने छनोट भईनन ।
हिटमा प्रथम भएकी हङकङकी सियोभा बर्नाडेटले ५१.९७ सेकेन्डमा दुरी पुरा गरेकी थिईन् ।
हिट राउन्डमा ८५ जनाले प्रतिस्पर्धा गरेकी थिईन् ।
अनुसियाले डिसेम्बर २० मा ५० मिटर फ्रिस्टाइलमा पनि प्रतिस्पर्धा गर्नेछिन् ।
शुक्रबार नै महिला ५० मिटर ब्रेस्टस्ट्रोकको हिट राउन्डमा नेपालकी उपास्ति महर्जन ४९ औं भईन् ।
उपास्तिले ५० मिटरको दुरी ३७.१३ सेकेन्डमा पुरा गरेकी थिईन् ।
हिटमा ५७ जनाको सहभागिता रहेको थियो । हिटमा प्रथम भएकी जमैकाकी आलिया कटकिन्सनले २९.५५ सेकेन्ड खर्चिएकी थिईन् ।
उपास्तिले १०० मिटर ब्रेस्टस्ट्रकमा १९ तारिखमा प्रतिस्पर्धा गर्नेछिन् ।
यस अघि बिहीबार नासिर २०० मिटर व्यक्तिगत मिड्लेको हिट राउन्डमा ३५ औं भएका थिए ।
नासिरले २ मिनेट ११.८५ सेकेन्टमा दुरी पुरा गरेका थिए । नासिर फाइनलका लागि भने छनोट भएनन ।
हिट राउन्डमा प्रथम भएका जापानका सेटो दाइयाले १ मिनेट र ५२.३८ सेकेन्डमा २०० मिटर पुरा गरेका थिए ।
हिट राउन्डमा ३६ जनाको सहभागिता रहेको थियो ।