पलेशालाई ऐतिहासिक स्वर्ण
आइतबार, १९ मंसिर २०७८खेलपाटी संवाददाता
पदक विजेता बेपली खेलाडी ।
काठमाडौं । बहराइनमा जारी एसियन युथ पारा गेम्समा नेपालकी पलेशा गोबर्दनले ऐतिहासिक स्वर्ण पदक जितेकी छिन्।
पारा तेक्वान्दोकी पलेशाले के-४४ विधाको ५७ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।
फाइनलमा इरानी खेलाडी एब्रहिमी रोजालाई ६-० ले हराएर पलेशाले स्वर्ण जितेकी हुन् ।
यस्तै नेपालले १ रजत र १ कांस्य पदक हात पारेको छ ।
नेपालका सिर्जन घिसिङ रजत पदक हात पार्दा विशाल गर्वुजाले कास्य पदक जितेका छन् ।
५८ केजीमुनि विशाल र ५२ केजीमुनिको तौल समूहमा सिर्जनले पदक जितका हुन् ।
सन् १९९८ को १३ औं एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेपछि नेपाली तेक्वान्दोमा पहिलो पटक एसियाली खेलकुदमा ठुलो पदक जितेको हो ।
पलेशालाई ऐतिहासिक स्वर्ण







-1766070495057.jpeg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


