काठमाडौं । बहराइनमा आयोजना हुने एसियन युथ पारा गेम्समा नेपालको झण्डा पलेशा गोबर्दनले बोक्ने भएकी छिन्।
बिहीबारबाट सुरु हुने गेम्सको मार्च पासमा पारा तेक्वान्दो तथा पारा ओलम्पियन पलेशाले नेपालको झण्डा बोक्ने भएकी हुन् ।
पलेशासँगै ब्याडमिन्टनका प्रकाश अधिकारी मार्च पासमा सहभागी हुने छन् ।
एसियन गेम्समा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
बहराइनको मनमामा आयोजना हुने पारा गेम्स डिसेम्बर २ देखि ८ सम्म आयोजना हुनेछ । जसमा पारा तेक्वान्दोका तीन र ब्याडमिन्टनका एक खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पारा तेक्वान्दोमा पलेशाले के-४४ विधाको ५७ केजीमुनिको तौल समूहमा, ५८ केजीमुनि विशाल गर्बुजा र ५२ केजीमुनिको तौल समूहमा सिर्जना घिसिङले प्रतिस्पर्धा गर्ने छन् ।
पलेसा बाहक अन्य दुई खेलाडीको यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हुनेछ । टिमको मुख्य प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।
यस्तै ब्याडमिन्टनका प्रकाश अधिकारीले पारा गेम्समा प्रतिस्पर्धा गर्ने छन् । नेपाली टिमको व्यवस्थापकमा नन्दा बस्याल रहेकी छन् ।