काठमाडौं । बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्किमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार नगदसहित पुरस्कृत गरेको छ ।
संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेवापत संघले २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसवापत पलेशाले ४० हजार नगद प्राप्त गरिन् । पलेशाले रिपाचेजको पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्बियाका खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् ।
सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि समान ७–७ हजार नगदसहित पुरस्कृत गरियो ।
नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, संघका अध्यक्ष दीपक गुरुङलगायतले उनीहरुलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरे ।