एजेन्सी । अमेरिकी पौडीबाज केलेब ड्रेसलले कीर्तिमानी समयसहित ओलम्पिकमा स्वर्ण पदक जितेका छन् ।
टोकियो एक्वेटिक सेन्टरमा शनिबार पुरुषको १ सय मिटर बटरफ्लाईमा ड्रेसलले कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
ड्रेसलले कीर्तिमानी ४९.४५ सकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । उनले आफ्नै नामको कीर्तिमान भङ्ग गरेका हुन् ।
टोकियो ओलम्पिकमा ड्रेसलको यो तेस्रो स्वर्ण हो ।
यस्तै ४ गुणा १ सय मिटरको मिस्क मिड्ले रिलेमा बेलायतको टिमले कीर्तिमानसहित स्व्रण पदक जितेको छ ।
बेलायतको टिमले ३:३७.५८ सेकेण्डको कीर्तिमानी समय निकाल्दै स्वर्ण जितेको हो ।