एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिकमा अमेरिकाले पहिलो स्वर्ण पदक जितेको छ ।
ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् ।
कालिसले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ०९.४२ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेका हुन् ।
यस स्पर्धामा अमेरिकाकै जे लिदरल्याण्डले रजत पदक जिते । अष्ट्रेलियाका स्मिथ ब्रेण्डनले कास्य जिते ।
ओलम्पिक खेलकुदमा अमेरिका सर्वाधिक धेरै पदक जित्ने राष्ट्र रहदै आएको छ ।
यस अघिको संस्करण रियो ओलम्पिकमा समेत अमेरिकाले ४६ स्वर्णसहित कुल १२१ पदक जितेको थियो ।