आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोपी प्रकरण – कहाँ भयो गल्ती ?

बुधबार, २३ असार २०७८खेलपाटी संवाददाता
गोपी प्रकरण – कहाँ भयो गल्ती ?
Loading ad...
mustang rice ad

सुनिल राजवंशी 

काठमाडौं । ओलम्पिकको आयोजना स्थानीय ओलम्पिक कमिटी (एलओसी) र अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) मिलेर गर्ने भएपनि एथलेटिक्स खेलको दर्ता नियम, प्रक्रिया निर्धारण र सञ्चालन गर्ने संस्था अन्तराष्ट्रिय एसोसियसन अफ एथलेटिक्स फेडेरेसन (आईएएएफ)ले गर्ने हो ।

कुनैपनि विधा छनोटको मापदण्ड नपुगेका राष्ट्रिले पनि कुनै एक विधामा एक जना खेलाडीले भाग लिन पाउने अधिकार दिएको हुन्छ । तर १० हजार मिटर रेस–वाक, ३ हजार मिटर स्टेबल चेस र कम्बाइन इभेन्ट रिलेमा छनोट नभई भाग लिन दिईदैन । म्याराथन, फिल्ड ईभेन्ट लगायत करिब आधा जस्तो विधामा सहजै भाग लिनका लागि खुल्ला हुन्छ । यी विधामा भाग लिन दिने निर्णय आईएएएफको प्राविधिक कमिटीलेनै गर्दछ ।

भाग लिन पाईने खेलको दर्ता, समय सिमा, प्रक्रिया आदि सम्बन्धित सबै आईएएएफले जानकारी स्थानीय ओलम्पिक कमिटीमार्फत सहभागी सदस्य राष्ट्रको राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) र आफ्नो सदस्य राष्ट्रका एथलेटिक्स संघलाई कम्तिमा ५–६ महिना अगावै टिम म्यानुअलमार्फत पठाईसकेको हुन्छ ।

खेलाडी छनोट गर्ने काम एथलेटिक्स संघको हो भने खेलाडी दर्ता गर्ने काम ओलम्पिक कमिटीको हो । संघले छनोट गरेको खेल र खेलाडी सम्बन्धित सम्पूर्ण आवश्यक रेकर्ड र कागजात एनओसीलाई उपलब्ध गराउनुपर्छ भने एनओसीले सबै अन्य कागजात समयमा दर्ता प्रक्रिया अघि बढाउनुपर्छ ।

यसमा अन्तराष्ट्रिय एथलेटिक्स संघको दर्ता मिति अन्य खेलको दर्ता मिति भन्दा अलग रहेको छ । युनिभर्सियालिटी कोटा अन्तर्गत म्याराथन र रेस–वाकको हकमा दर्ता २३ मेदेखि सुरु भएर ३१ मे २०२१ अन्तिमसम्म हो ।

जुन २ सम्ममा खेलाडीको दर्ता स्विकार्य भएको हो कि भएन भनेर अन्तराष्ट्रिय एथलेटिक्स संघले स्थानीय ओलम्पिक कमिटीमार्फत नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघलाई पठाईसकेको हुन्छ । जुन २१ मा छनोट नभएका खेलाडी अन्य एथलेटिक्स विधामा भाग लिने दर्ता गर्ने अन्तिम दिन हो । जुन २९ खेलाडी स्विकार्य भएको हो कि भएन भनेर जानकारी दिने अन्तिम दिन हो । जुलाई १ सम्पुर्ण खेलाडी छनोट मापदण्डबाट आएका र युनिभर्सियालिटी कोटाबाट आएका खेलाडीको पक्का भएको सूची पठाउने अन्तिम दिन हो । जुलाई ५ टोकियो २०२० अन्य सबै खेलहरुको पनि इन्ट्री गर्ने अन्तिम दिन हो । खेलाडी दर्ता र समय सिमा सम्बन्धित कुनै गल्ती भएका त्यसको जिम्मेवार एनओसी हुन्छ ।

प्राविधिक कारणले वा छनोटका प्रक्रिया, समय, प्रतियोगिताको बारेमा सम्बन्धित उचित जानकारी उपलब्ध गराई प्राविधिक कमिटीलाई सन्तुष्ट गर्ने जिम्मेवारी नेपाल एथलेटिक्स संघको हुन्छ । त्यसैले एथलेटिक्स संघलेनै छनोट कार्यक्रम र खेलाडी र प्रतियोगिता गरेको हुन्छ । यसमा चुकेको खण्डमा एथलेटिक्स संघको कमजोरी र दोष मान्न सकिन्छ । साथै एथलेटिक्स संघले आईएएएफ खेलाडी स्विकार्दै भएको पत्रको जानकारी पठाईसकेको हुनुपर्दछ ।

मुख्य प्रश्न समयमा खेलाडीको नाम गयो कि गएन ? सो खेलाडीको नाम के–के कारणले स्विकार भएन ? अस्विकार भएको खबर अघिनै पाइसकेको भए नीजलाई अर्को इभेन्टमा वा अन्य कुनै राम्रो खेलाडीलाई अन्य स्पर्धाको लागि दर्ता प्रक्रिया किन अघि बढाईएन ? र यसको जिम्मेवारी कसको भन्ने हो ।

जे भएपनि सत्य कुरा गोपीले यस पटकको ओलम्पिक खेल्न पाउदैन । तसर्थ लामो तयारी गरेको र नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले छनोट गरेर आश्वासन दिएको खेलाडीको मनोबल थप गिर्न नदिन तत्काल वर्ष दिनभित्र १–२ वटा अन्तराष्ट्रिय म्याराथनमा भाग लिन लगाउने बन्दोवस्ती गरि क्षतिपूर्ति सहितको मोटो रकम खेलाडीलाई दिईनुपर्दछ । गोपीबाट नेपाली खेलकुदले म्याराथनमा राम्रो नतिजा अपेक्षा गरि राखेको छ ।

(राजवंशी नेपाल एथलेटिक्स संघका पूर्व महासचिव हुन् । राजवंशीले महासचिवको रुपमा यसअघि ओलम्पिक लगायत अन्तराष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी गराएको अनुभव छ ।)

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

Loading ad...
xTreme Energy Drink
मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित