काठमाडौं । ललितपुरको पुल्चोकमा हार्दिक फिटनेस क्लबमा स्वीमिङ पुल संचालनमा आएको छ ।
विराज विष्ट र मन्दिर रानाको लगानीमा रहेको हार्दिक फिटनेसले मंगलबारबाट स्वीमिङ पुल संचालनमा ल्याएको हो ।
स्वीमिङ पुलको उद्घाटन १३ औं सागकी स्वर्णधारी गौरिका सिंहले गरिन् ।
हार्दिक फिटनेसले गौरिकालाई आजीवन सदस्यता समेत दिएको छ । यस्तै ट्रायथोलनकी सोनी गुरुङ र समिरा सोभा श्रेष्ठलाई एक वर्षको सदस्यता प्रदान गरेको छ ।
फिटनेस र स्वीमिङ पुल चार रोपनी क्षेत्रमा फैलिएको छ ।
सन् १९९८ मा जिमखानाका रुपमा स्थापना गरिएको क्लबले आफ्नो सेवालाई विस्तार गर्दै लैजाने क्रममा पौडी पोखरी सञ्चालनमा ल्याइएको सञ्चालक विष्टले बताए । क्लबले जिमका लागि ५ जना प्रशिक्षक पनि नियुक्त गरेको छ । प्रशिक्षकहरुमा विश्व शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता श्याम श्रेष्ठ, सुवास मानन्धर, दिपेन्द्र थापा, प्राचन लामा र पूजा विष्ट छन् ।
क्लबमा साउना, स्टिम, कार्डियो, स्पा, टियामो मन्डला क्याफे, जुस बारलगातका सुविधा छन् । क्लब सञ्चालनका लागि हालसम्म करिब ६ करोड लगानी भइसकेको सञ्चालक राणाले जानकारी दिए ।