बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Bhat Bhateni Supermarket Ad

पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने

शुक्रबार, १३ चैत्र २०७७खेलपाटी संवाददाता
पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने
Classic Tech Internet Ad

काठमाडौं । दुबईको सहवाव अल अलि दुबई क्लबमा आयोजना हुने तेस्रो फज्जा दुबई पारा ब्याडमिन्टन ईन्टरनेशनलमा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।

दुबई पारा ब्याडमिन्टन संघको आयोजनमा चैत १४ गते देखि २३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालका प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

दुबई जाने नेपाली टिमलाई शुक्रबार नेपाल ब्याडमिन्टन संघले बिदाई गरेको छ । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो ।

ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिताहरु आयोजना नभईरहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न सवल प्रतियोगितामानै सहभागिता जनाउँदै स्तरियता प्रदर्शन गर्दै आईरहेका खेलाडी समेत हुन् ।

खेलाडीलाई बिदाई गर्ने क्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले शुभकामना प्रदान गर्दै खेलाडीहरु अबका दिनमा ब्यावसायिकता तर्फ अग्रसर हुनु पर्ने र त्यसका लागि आफुलाई सक्षम बनाउनु पर्ने बताए । उनले खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा समावेश हुने भएकोले त्यसलाई यथार्थमा उतार्नु पर्ने बताए ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले नेपालले पहिलो पटक प्रतियोगितामा सहभागित जनाएको भन्दै यसका लागि नेपाल ब्याडमिन्टन संघ, राखेपका सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठको बिशेष पहल रहेको बताए । दक्षिण एशियाली पारा ब्याडमिन्टन संघका अध्यक्ष समेत रहेका उनले नेपाली खेलाडीले विभिन्न विधा मध्ये अहिले एसएल ४ को बिधामा नाम दर्ता गरिएता पनि प्रतियोगिताका दौरान खेलाडीको परिक्षण पश्चात कुन बिधामा सहभागिता जनाउन पाउने भन्ने निर्क्योल हुने बताए ।

बिदाई कार्यक्रममा राखेप सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नविन विक्रम शाह र समिर बहादुर सिंह, सदस्य छविलाल जोशी, अन्तराष्ट्रिय अम्पायर उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जन, प्रशिक्षक किरण थापा लगायतको उपस्थिती रहेको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

 रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

Bajaj Pulsar Motorcycle Ad
भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड

कमजोर डिफेन्सले डुब्यो चेल्सी

कमजोर डिफेन्सले डुब्यो चेल्सी

लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन