मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
  4. /
  5. अब कमरेड सिलवाल !

अब कमरेड सिलवाल !

२०२० डिसेम्बर २२, मङ्गलबारहिम बिक्रम केसी

अब कमरेड सिलवाल !

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल नेपाल कम्युनिष्ट पाटी (नेकपा)को केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीसंग निकट रहदै आएका सिलवाल नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका हुन् ।

तत्कलिन एमालेमा ओली निकट रहदै आएका सिलवाल पाटी राजनीतिमा भने सक्रिय थिएनन् । तत्कालिन एमालेको युवा संघको राजनीति गरेका उनले शिक्षा ब्यवसायीको रुपमा आफुलाई स्थापित गरेका थिए ।

पाटी विभाजनको डिलमा पुगेको समय प्रधानमन्त्री ओलीले सिलवाल सहितका आफु निकट नेतालाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन् ।

‘नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएको छु । आजै बिहान बैठकमा उपस्थित भएर शपथ पनि लिएको छु ।’ युवा तथा खेलकुद मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा सदस्य सचिव सिलवालले भने ।

तत्कालिन एमालेमा ओली गुटले स्थापना गरेका मदन भण्डारी स्पोर्टस एकेडेमीका सिलवाल संस्थापक अध्यक्ष हुन् ।

राखेपको सदस्य सचिवमा गत वर्ष नियुक्त भएका सिलवाल नयाँ खेलकुद ऐन आएपछि स्वत खारेजीमा परेका थिए । नयाँ ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको सदस्य सचिवमा सिलवालले दोस्रो पटक पुन नियुक्त पाउन सफल भए ।

पाटी र खेलकुदका हेभिवेट खेलाडीलाई पछि पार्दै प्रधानमन्त्रीकै जोडबलमा सिलवाल सदस्य सचिवमा दोस्रो पटक समेत नियुक्त हुन भएका थिए ।

खेलकुद अघि शिक्षा क्षेत्रमा नाम, दाम कमाएका सिलवालले नीजि विद्यालयको संस्थागत छाता संगठन प्याब्सन गठन गरेका थिए । देशभरका नीजि विद्यालयको नेतृत्व गर्ने संगठनका उनी संस्थागत अध्यक्ष समेत हुन् ।

युवा तथा खेलकुद मन्त्रालयले मंगलबार आयोजना गरेको खेलकुद प्रतिभा सम्मान कार्यक्रममा सिलवालले राजनीतिक मन्तव्य दिए । उनले खेलकुदका राम्रा कामको मिडियामा प्रचार नभएको गुनासो गरे ।

‘मन्त्रालय तथा राखेपले खेलाडी र खेलकुदमा यत्रो प्रयत्न गरिरहेको छ । क्षमता भन्दा बढीको प्रशिक्षण गराएको छ । खेल गतिविधि बढाएको छ । एक्सपोजर दिएको छ । तर सधै केही पनि भएको छैन भन्ने चलन छ ।’ सिलवालले भने, ‘भएका सकारात्मक कुरा मिडियामा प्रचार गरिदिनुस । गर्न नसकेका कामबारे सुझाव दिनुस ।'

 

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

Bhat Bhateni
माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन