काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको ब्यवस्थापकमा विनोद दासलाई नियुक्त गरेको छ ।
बिहिबार खुल्ला प्रतिस्पर्धाबाट क्यानले क्रिकेट ब्यवस्थापकमा विनोद दासलाई नियुक्त गरेको हो ।
क्यानले क्रिकेटमा अनुभव र डिग्रीको शैक्षिक योग्यता पुगेका व्यक्तिले मात्र टिम ब्यवस्थापकमा आवेदन दिन सक्ने बताएको थियो । सोही अनुसार बिनोदले खुल्ला प्रतिस्पर्धाबाट क्रिकेट म्यानेजरमा नियुक्ती पाएका हुन् ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका विनोद प्रशिक्षकको रुपमा समेत आफुलाई विकास गर्दै अघि बढेका थिए ।
यस्तै, क्रिकेट संघले जनरल म्यानेजरमा रौनक बहादुर मल्ललाई नियुक्त गरेको छ । मल्ल यसअघि क्यानको नेपाल प्रतिनिधिको रुपमा आईसीसीसंग काम गर्दै आएका थिए ।
यस्तै, चिफ फाईनान्स अफिसरको रुपमा क्यानले रमेश कुमार न्यौपानेलाई नियुक्त गरेको छ ।
क्यानले क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका देव वाटमोरलाई नियुक्त गरेको छ । श्रीलंकालाई विश्वकप जिताएका वाटमोरलाई क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा एक वर्षका लागि नियुक्त गरेको हो ।