हाफ म्याराथनमा विश्व कीर्तिमान
मंगलबार, २३ मंसिर २०७७खेलपाटी संवाददाता

एजेन्सी । केन्याका किबिवोतले हाफ म्याराथनमा विश्व कीर्तिमान कायम गरेका छन् ।
उनले ५८ मिनेट भन्दा कम समयमा दौड पुरा गर्दै विश्व कीर्तिमान कायम गरेका हुन् ।
२४ वर्षिया खेलाडी किबिवोतले भ्यालेन्सियामा भएको हाफ म्याराथन ५७ मिनेट ३२ सेकेन्डमा पुरा गरे ।
उनले जेफ्री कामवोरोरको ५८ मिनेट ०१ सेकेन्डको कोपनहेगनमा बनेको एक वर्ष पुरानो कीर्तिमान भंग गरेका हुन् ।

युगान्डाका जेकब दोस्रो र केन्याका रोनक्स तेस्रो स्थानमा रहे ।
चार धवकले जेफ्रीले बनाएको विश्व कीर्तिमान भन्दा कम समय निकाले ।
महिलामा इथोपियाकी गेनजेबे दिबाबाले १ घण्टा ०५ मिनेट १८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै च्याम्पियन बनिन् ।









-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

-1767098144368.jpg&w=3840&q=75)


