मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
  4. /
  5. ५३ वर्षका व्यावसायिक फुटबलर !

५३ वर्षका व्यावसायिक फुटबलर !

२०२० सेप्टेम्बर ८, मङ्गलबारखेलपाटी संवाददाता

५३ वर्षका व्यावसायिक फुटबलर !

एजेन्सी । जापानीज लिग कपको दोश्रो चरणको खेलका समाचारले विश्वका प्रमुख समाचारमा प्राय स्थान पाउँदैनन् । तर गत महिना योकोहामा फुटबल क्लबले सागन टोसुसँग भिडेको समाचार प्रमुख बन्यो ।

योकोहामाका कप्ताम काजुयोसी मिउरा मैदानमा थिए । उनकै कारण सो खेल विश्व जगतमा `हट न्युज´ बन्यो । ५३ वर्षीय कप्ताम मिउराका कारण जापानीज लिगको समाचार प्रमुख समाचार बन्न सक्यो ।

५३ वर्षको उमेरमा खेलिरहेका उनको खेलले फुटबल समर्थकलाई प्रफुल्लित गराउँछ । उनको सम्झौता नविकरणका बारे थुप्रै न्युज एजेन्सीहरुले रिपोर्टिङ गर्ने गरेका छन् । उनी सबैभन्दा बढी उमेरमा गोल गर्ने कीर्तिमानधारी खेलाडी हुन् ।

मिउराका करिअर खेलाडीहरुको औसत करिअर समय भन्दा १५ वर्षले बढी छ । मिउराको कथा १९७० विश्वकप, पेले र ८ मिलिमिटरको क्यामेराबाट सुरु हुन्छ ।

Kazuyoshi Miura: 'I'll work hard to contribute to the team's wins' [File: Toru Hanai/Reuters]

मिउराको जन्म शिजुवकामा फुटबल प्रेमि परिवारमा भएको थियो । उनका दाजु समेत व्यावसायिक फुटबल खेल्दथे भने पिता समेत फुटबलका ठुला समर्थक थिए ।

`बुबा १९७० को विश्वकप हेर्न मेक्सिको जानू भएको थियो । बुबाले खेलहरु ८ मिलिमिटरको क्यामेराले खिचेर ल्याउनु भएको थियो । त्यो समयमा पेले खेल्दै थिए । म त्यही हेरेर नै हुर्किएँ ।´ मिउराले सुनाए ।

१९७० मा मिउरा ३ वर्षका मात्रै थिए । तर घरकै क्यामेराले बनाइएको भिडिओ उनको मगजमा गढ्यो । `उक्त भिडिओ हेरेर म ब्राजिलको समर्थक भएँ । म सानैबाट व्यवसायिक फुटबलर बन्न चाहन्थेँ ।´ उनले थपे ।

मिउराको बाबुको सम्पर्क ब्राजिलमा थियो । उनले आफ्ना छोरालाई १५ वर्षको उमेरमा शिजुवका छाडेर ब्राजिल लगिदिए ।

`त्यो बेला जे-लिग (जापानीज लिग, १९९३ बाट सुरु) थिएन । त्यसैले जापानमै बसेर व्यवसायिक फुटबलर बन्न सम्भव थिएन ।´ मिउरा सम्झन्छन् ।

उनी साओ पाउलो लागे । त्यहाँ उनले युभेन्टससँग सम्झौता गरे । ५ वर्ष मिउरा त्यहीँ अरु साथीहरुसँग बसे । पोर्चुगिज भाषा केही हदसम्म जानेपनी उनलाई त्यहाँ भाषाले मुस्किल गरायो ।

`मैले त्यहाँको भाषा नजान्दा कठिनाइ भोग्नु पर्‍यो । चलन पनि निकै फरक थियो । यसले गर्दा मैले एक्लो महसुस गर्नुपर्‍यो । ´मिउराले भने ।

तर उनी जसरी भएपनी सफल हुन चाहन्थे । उनले अभ्यासका दौरान मैदानमा पोर्चुगिज सिक्न थाले । उनलाई फुटबल बाहेक अरु केहिमा पनि आफ्नो करिअर बढ्दैन भन्ने राम्रोसँग थाहा थियोे ।

ब्राजिल गएको तीन वर्ष पछि उनले सान्तोससँग सम्झौता गरे । उनले ब्राजिलमा विभिन्न क्लबबाट ४ वर्ष भन्दा बढी व्यवसायिक फुटबल खेले ।

सन् १९९० मा मिउरा जापान फर्किए । जापान आएको तीन वर्षमै उनी जापानीज लिगको `मस्ट भ्यालुएबल प्लेयर´ बने ।

सन् १९९४ मा उनी लोनमा इटालियन क्लब गेनोआमा गए । उनी सिरि ए मा खेल्ने पहिलो जापानी खेलाडी बने । सिरि एमा पहिलो खेल पछि सर्जरी गर्नुपरेको थियो ।

इटालीयन लिजेन्ड फ्र्यान्को बरेसीको टाउकोमा ठोक्किएपछी उनी घाइते भएका थिए । उनले इटालीमा एक सिजन बिताए। इटालीमा धेरै सफलता नपाएपनि उनले जापानमा भने ख्याती कमाइरहेका थिए ।

`उनको महत्त्वबारे बोल्न नै कठिन छ । जापानीज लिगको सुरुवात हुनुमा पनि उनको केही हात छ । अर्जेन्टिनामा डिएगो म्याराडोना भने झैँ जापानमा उनले सम्मान आर्जन गरेका छन् ।´जापानका फुटबल पत्रकार सिन कारोलले भने, `उनलाई आदर्श मान्ने दुईवटा पुस्ताका खेलाडी अहिले उनीसँगै खेलिरहेका छन् ।´

J.League Kick Off Conference

तर किन उनी यति लामो समय खेलिरहेका छन् ?

सन् २००५ मिउरा ३८ वर्षका हुँदा योकोहामाका लागि सम्झौता गरेका थिए । २००६ मा शिर्ष डिभिजनमा बढुवा हुँदा उनले टिमका लागि ३९ खेल खेलेका थिए ।

मिउरा १ सिजन पछि रेलिगेट भएपनि मिउरा योकोहामाका महत्त्वपूर्ण खेलाडी बनिसकेका थिए । २०१६ मा उनले ४९ वर्षको उमेरमा टिमका लागि २० खेलमा दुई गोल गरे ।

मिउरा धेरै घाइते हुँदैनन् ।

`मलाई रिकभर हुन युवा खेलाडी भन्दा बढी समय लाग्छ । तर यो उमेरमा खेल्न जति नै गार्हो भएपनी खेलिरहने इच्छाशक्तीका कारण म खेलिरहेको छु ।´ मिउरा सुनाउँछन् ।

उनी फिट भएका कारण मात्र खेलिरहेका छैनन्, उनको प्रसिद्धिका कारण पनि उनी खेलिरहेका हुन् ।

`उनी खेलका बौद्धिक व्यक्तित्व हुन् । उनलाई रेफ्रीइङ गर्नु मेरा लागि सौभाग्य थियो ।´ पूर्व रेफ्री समेत रहेका जे सकर म्यागेजिनका सम्पादक एलान गिब्सनले भने ।

उनको चर्चाका कारण योकोहामाका खेलमा ३-४ हजार बढी समर्थकले हेर्ने गरेका छन् । उनको यही चर्चाका कारण बढीभन्दा बढी प्रायोजकहरुले प्रायोजन गर्ने गरेका छन् जसले खेलाडी र क्लब दुवैलाई फाइदा पुगिरहेको छ ।

उनको बयान गर्दै एक प्रशिक्षकले उनलाई पाण्डाको संज्ञा दिन्छन् जुन दुर्लभ एवं प्यारो हुन्छ । उनले यस सिजन लिगमा एक खेल पनि खेलेका छैनन्, गत सिजन उनले योकोहामाका लागि ३ खेल खेलेका थिए ।

YOKOHAMA, JAPAN - NOVEMBER 10:  (EDITORIAL USE ONLY)Kazuyoshi Miura of Yokohama FC looks on after the J.League J2 match between Yokohama FC and Fagiano Okayama at Nippatsu Mitsuzawa Stadium on November 10, 2018 in Yokohama, Kanagawa, Japan.  (Photo by Hiroki Watanabe/Getty Images)

सिन कारोलको बुझाई अनुसार मिउराको अनुभव योकोहामाको ड्रेसिङ रुमका लागि निकै महत्वपूर्ण छ र यसले जापानी समुदायको कथा पनि व्यक्त गरेको छ ।

`उनको परिश्रम र उनी आदर्श बन्नुले मिडिया तथा आम जनतालाई कुनै कुरा पनि अससम्भव छैन भन्ने पाठ सिकाएको छ ।´ कारोलले भने ।

केबल यतिले मात्र मिउराको करियरको बारेमा बोल्न सक्दैन। समर्थक र प्रायोजकहरुको घचघचाहटले मात्रै कुनै पनि खेलाडीले ५३ वर्षको उमेरमा आफूलाई दिनरात फुटबलमा खटाउन सक्दैन ।

मिउरा आफ्नो परिश्रम र प्रतिवद्धताले मात्रै ५३ वर्षको उमेरमा खेलिरहन सकेको बताउँछन् । उनी अहिले पनि फुटबल खेल्न उत्तिकै रमाइलो लाग्ने र ब्राजिलमा १५ वर्षको उमेरमा भन्दा अहिले खेल्नुमा बढी रुचि लाग्ने बताउँछन् । 

-बीबीसीबाट अनिष भट्टराइकाे अनुवाद 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित