काठमाडौं । क्यान्सर रोगबाट थलिएका एथ्लेटिक्स प्रशिक्षक रबिनकुमार राईको निधन भएको छ ।
भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचाररत राईको सोमबार साँझ निधन भएको हो ।
उनको मंगलबार बिहानै पशुपती आर्यघाटमा दाहसस्कार समेत गरिएको छ ।
सल्यान स्थायी घर भएको एथ्लेटिक्सका सहायक प्रशिक्षक राईले २०५२ सालदेखि एथ्लेटिक्समा काम गर्दै आएका थिए ।
राखेपका अस्थायी प्रशिक्षक रहेका राईलाई ब्रेक ट्युमर देखिएपछि बैशाखको अन्तिम साता काठमाडौंको अन्नपूर्ण न्युरो हस्पिटल ल्याएर सल्यक्रिया गरिएको थियो ।
चेक जाँचको क्रममा क्यान्सर भएको पत्ता लागेपछि उनी जेठको पहिलो साताबाट काठमाडौं क्यान्सर सेन्टरमा उपचार गर्दै आएका थिए ।
पछिल्लो समय उनको स्वास्थ्य अवस्था बिग्रदो क्रममा थियो ।
मोफसलमा बसेर एथ्लेटिक्समा योगदान गर्दै आएका राईले राष्ट्रिय स्तरमा राम्रा खेलाडी दिएका छन् । १३ औं सागमा एथ्लेटिक्समा पदक जितेकी पुष्पा भण्डारी राईकै उत्पादन हुन् ।
राईका एक छोरा, एक छोरी र श्रीमती छन् ।