एजेन्सी । जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ ।
जापानले कोरोना भाईरसको कारण एक वर्ष पछि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरेको हो ।
अब पाराओलम्पिक सन् २०२१ को अगस्ट २४ बाट सेप्टेम्बर ५ सम्म आयोजना हुनेछ ।
पाराओलम्पिकमा २२ खेलको ५ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सकिएपछि पाराओलम्पिक हुने गर्दछ ।
आगामी वर्षको ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । कोरोनाकै कारण सरेको टोकियो ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ ।
खेलाडीले कुल ३ सय ३९ पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुनेछ ।
यस अघि टोकियो ओलम्पिक यस्तै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको हो ।