काठमाडौं । नेपाल ट्राईयाथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ लेभल-१ कोचिङ कोर्स सुरु भएको छ ।
प्रशिक्षकहरुमा बैज्ञानिक प्रशिक्षण विधी र पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गर्दै पौडी खेलाडीहरुमा प्रभावकारी ज्ञान प्रदान गर्ने उद्धेश्यले शनिबारबाट कोर्स संचालन गरिएको नेपाल ट्राईयाथलन संघले जनाएको छ ।
कोर्सले प्रशिक्षकहरुमा प्रशिक्षण सम्वन्धि उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धि बिशेष ज्ञान प्रदान गर्नेछ । प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्नुका साथै भईरहेका खेलाडीहरुको स्तर बृद्धि गर्न समेत ठुलो सहयोग पुग्ने संघको बिश्वास रहेको छ ।
दुई दिन संचानल हुने कोर्समा ट्राईयाथलन र पौडी संग सम्वन्धित २५ प्रशिक्षकहरुले विहान ८ बजे देखि अपरान्ह ४ बजे सम्म अनलाईन कोर्समा सहभागिता जनाईरहेका छन् । नेपालमा पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गर्न अनलाईन मार्फत प्रशिक्षण प्रदान गर्न लागेको यो पहिलो पटक हो ।
प्रशिक्षार्थीहरुलाई वर्ल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक एवं प्रशिक्षक युगिन लिले अनलाईन मार्फत प्रशिक्षण प्रदान गरिरहेका छन् ।
वर्ल्ड कोचेज एकेडेमीले चीन, हङकङ, मलेसिया, ईन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स संचालन गरिसकेको छ ।
ट्राईयाथलन पौडी, साईक्लिङ र दौडको मिश्रीत खेल हो ।
यस कोर्सबाट पौडी र ट्राईयाथलन दुवै खेललाई मद्धत पुग्ने नेपाल ट्राईयाथलन संघको भनाई रहेको छ ।