एजेन्सी । पौडीको विश्व च्याम्पियनसिप एक वर्षका लागि स्थगित गरिएको छ ।
विश्वमा फैलिएको कोरोना भाईरसको महामारीको कारण दुबईमा तय भएको विश्व च्याम्पियनसिप स्थगित गरिएको हो ।
पौडीको सर्वोच्च निकाय फिनाले बिहिबार एक प्रेस विज्ञप्ति निकाल्दै कोरोनाको कारण प्रतियोगिता एक वर्ष सरेको जनाएको छ ।
आबुधाबीमा तय भएको प्रतियोगिता डिसेम्बर १५ देखि २० सम्म हुने तालिका रहेको थियो । तर, अब उक्त प्रतियोगिता एक वर्षपछि हुनेछ ।
अब प्रतियोगिता सन् २०२१ को डिसेम्बर १३ देखि १८ सम्म हुनेछ ।
यस्तै डिसेम्बर १० देखि १२ सम्म भने फिना अक्वाटिक्स प्रतियोगिता हुनेछ ।