एजेन्सी । ईटालीमा दुई पटकका ओलम्पिक फाईनलिस्ट खेलाडी डोनाटो साबियाको निधन भएको छ । कोरोना भाईरसको संक्रमणबाट साबियाको बुधबार निधन भएको हो ।
उनी ईटालीको पोटेन्जास्थित सान कार्लो अस्पतालमा उपचाररत थिए ।
उनले ओलम्पिकको ८ सय मिटर दौडमा फाईनल चरणमा प्रतिस्पर्धा गरेका थिए ।
सन् १९८४ मा लस एन्जल्समा भएको ओलम्पिकमा उनी पाँचौ भएकी थिए । यस्तै सन् १९८८ मा सोलमा भएको स्पर्धामा उनी सातौ भएका थिए ।
५६ बर्षिया साबियाको कोरोनाको संक्रमणबाट निधन भएको ईटालियन ओलम्पिक कमिटि (सीओएनआई)ले जनाएको छ ।
सीओएनआईले केही दिनयता अस्पतालमा उपचाररत उनको निधन भएको पुष्टि गरेको हो ।
सीओएनआईले उनी कोरोनाबाट ज्यान गुमाउने पहिलो ओलम्पिक फाईनलिस्ट भएको समेत बताएको छ ।
ईटालियन एथ्लेटिक्स महासंघले उनलाई प्रतिभावान खेलाडीको रुपमा ब्याख्या गर्दै राम्रो व्यक्तित्वको धनीको रुपमा उल्लेख गरेको छ । उनको बुवाको केही दिनअघि मात्र कोरोनाकै संक्रमणबाट निधन भएको थियो ।