काठमाडौं । हेराल्ड र लुम्बिनी ‘बी’ ले प्रथम निब्स थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । हेराल्ड ब्वाइज तथा लुम्बिनी ‘बी’ गल्र्समा च्याम्पियन बनेको हो ।
मण्डिखाटारस्थित आयोजक नेसनल आईडियल हाइ स्कुल (निब्स) को कोर्टमा भएको ब्वाइज फाइनलमा हेराल्डले भ्याली पब्लिकलाई १६–११ ले पराजित गर्यो । हेराल्डको जितमा मीन मगरले ४ अंक योदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा लुम्बिनी ‘बी’ ले आफ्नै ‘ए’ टोलीलाई ८–७ को झीनो अन्तरले हरायो । विजेताकी सुनिमा कार्कीले ४ अंक जोडिन् ।
ब्वाइजमा हेराल्डका सुनील मगर र गल्र्समा लुम्बिनी ‘बी’ की सुनिमा कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई युरेका हाइ स्कुलका प्रिन्सिपल प्रबोध प्रभाकर रिजाल, ओडिसीका प्रिन्सिपल नारायण रोका, निब्सका प्रिन्सिपल डिएन महतो र बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १६–१६ गरी ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।