काठमाडौं । नेपाल पौडी संघको आयोजना तथा पौडीको अन्तराष्ट्रिय संस्था फिनाको प्राविधिक सहयोगमा संचालित फिना स्विमिङ अफिसियल क्लिनिक सम्पन्न भएको छ ।
दक्ष निर्णायक जनशक्ति उत्पादन गर्ने उद्धेश्यले तीन दिनसम्म संचालन भएको क्लिनिक शुक्रबार सकिएको हो । क्लिनिकमा ५५ जना निर्णायकहरुको सहभागिता रहेको थियो ।
निर्णायकहरुलाई फिना एक्सपर्ट अष्ट्रेलियाका रायन आर्विष्टरले प्रशिक्षण प्रदान गरेका थिए ।
क्लिनिकमा सहभागिहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधी सभाका साँसद माननिय जीवनराम श्रेष्ठले प्रमाण पत्र बितरण गरेका थिए ।
प्रशिक्षणमा श्याम जि.सी. र टेकबहादुर बल उत्कृष्ट घोषित भएका थिए ।
यस क्लिनिकले पौडीका नियमहरुको ज्ञानका साथै प्रतियोगिताहरुलाई निश्पक्ष र स्वस्थ बनाउन मद्धत पुगेको क्लिनिकमा सहभागीहरुले बताए ।
क्लिनिकमा सहभागिहरुले निकैनै अनुशासित रुपमा पौडी निर्णायक सम्वन्धि ज्ञान हासिल गरेको र आगामी दिनमा पौडी खेललाई निश्पक्ष र स्वस्थ बनाउन सहयोग पुग्ने फिना एक्सपर्ट रायनले बताए ।