काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी टिशा शाक्यले कास्य जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा सोमबार टिशाले २ सय मिटर मिड्लेमा कास्य जितेकी हुन् । उनले २ मिनेट ३३.०१ सेकेन्डको समय निकालिन् ।
यस स्पर्धामा भारतकी रिचा मिश्रले २ मिनेट २५.११ सेकेन्डको समयसहित स्वर्ण जितिन् । पाकिस्तानकी भिस्मा खानले रजत जितिन् ।
।