बुधबार, २७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

दशरथ रंगशालामा फर्कदै फुटबल

बुधबार, ०६ कार्तिक २०७६नमीन ढकाल
दशरथ रंगशालामा फर्कदै फुटबल
Loading ad...
mustang rice ad

काठमाडौं ।

मार्च १७, सन् २०१५ ।

विश्वकप छनाेट अन्तर्गतकाे दाेस्राे लेग । प्रतिद्वन्दी नेपाल भर्सेस भारत ।

दर्शकदिर्घा भरिभराउ थियो । प्यारापिटका चारैतर्फ दर्शक खचाखच थिए । दुवै टिमले साे खेलमा गाेल रहित बराबरी खेलेका थिए ।

सोही खेल राष्ट्रिय पुरुष फुटबल टिमको दशरथ रंगशालामा खेलेको अन्तिम खेल बन्यो । नेपाली दर्शकले त्यसपछि दशरथ रंगशालामा राष्ट्रिय टिमको खेल हेर्न पाएका छैनन् ।

भनिन्छ, दशरथ रंगशाला र नेपाली फुटबल एक अर्काका पर्याय हुन् । फुटबलका जति कथा र ईतिहास छन्, ती सबै दशरथ रंगशालामै बनेका छन्, लेखिएका छन् ।
रंगशालामा नखेलेर कुनै फुटबलर कसरी पुर्ण हुन्छ ? प्रश्न यस्ता पनि सुनिन्छ ।

तर, राष्ट्रिय फुटबल टिमको पछिल्लो पुस्ताले रंगशालामा खेल्न पाएको छैन ।

२०७२ सालमा गएको विनासकारी भुकम्पपछि घरेलु फुटबल रंगशालाबाट टाढिएरै बस्यो ।

समयमै यसको पुननिर्माण नहुदाँ फुटबलका गतिविधि हुन पाएन । नयाँ पुस्ताका खेलाडीले हजारौ दर्शक अनि समर्थकको हुटिङको अगाडी खेल कौशल देखाउने अवसरनै पाएनन् ।
तर करिब ५ बर्षपछि नेपाली खेलकुद पुन : दशरथ रंगशाला फर्कदैछ ।

अबको २ महिना भित्र दशरथ रंगशालामा दुई ठुला खेल प्रतियोगिता आयोजना हुदैछ । सोही कारण रंगशाला निर्माणको काम धमाधम चलिरहेको छ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोट र तेह्रौ संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन सहितको प्रतियोगिता दशरथ रंगशालामै गराउने तयारी छ ।

७२ सालको शक्तिशाली भुकम्पपछि दशरथ रंगशालामा ठुलो क्षति पुग्यो । रंगशालामा हुने खेलकुदका गतिविधि प्राय ठप्प रहे । सुरुवाती दुई बर्ष पुनर्निमाणले गतिले लिन सकेन । साग आयोजनाको बाध्यताका बीच पछिल्ला वर्षमा पुनर्निमाणले गति लिएको हो ।

रंगशालाको काम नहुदाँ सागका सुरुवाती दुई मिति यत्तिकै टर्न पुगेको थियो । पुनर्निमाणमा देखिएको सुस्तताले तेस्रो मितिमा गरिएको तयारीले सागको भब्यतामा आशंका व्यक्त हुने गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) फिफा विश्वकप छनोटको खेलमार्फत रंगशाला निर्माणको तयारी पुरा भएको देखाउन चाहन्छ । तर भिआईपीतर्फको प्यारापिटको छानो हाल्ने काम समयमै सकिनेमा आशंका छ ।
राखेप सदस्य सचिव रमेश सिलवालले मंसिर ३ गते विश्वकप छनोटको खेल दशरथ रंगशालामै खेलाउने बताईसकेका छन् । पाल टाँगेरै भएपनि फुटबल रंगशालामा खेलाउने उनको बचन छ ।
सोही कारण कम्तिमा टाँगिएको पालमा फुटबल रंगशाला फर्कने निश्चित जस्तै छ ।

फुटलब टिमका कप्तान किरण कुमार लिम्बुले करिब ५ बर्षपछि दशरथ रंगशालामा हुन लागेको खेललाई लिएर निकै उत्साहीत रहेको बताउँछन् ।

‘फेरि एक पटक १५–१६ हजार दर्शक उपस्थित मैदानमा खेल्ने भएका छौं । सम्पुर्ण खेलाडी उत्साहित छौ, आशा छ, समर्थक समेत धेरै उत्साहित हुनुहुन्छ ।’ राष्ट्रिय टिमका कप्तान चेम्जोङ भन्छन् ।

दर्शकलाई बाह्रौ खेलाडीको रुपमा ब्याख्या गर्दै कप्तान चेम्जोङले नतिजा निकाल्न रंगशालामा हुने दर्शकले अहम भुमिका खेल्ने बताए ।

‘मैदानमा फुटबल टिम ११ खेलाडीमा हुन्छ । तर बाह्रौ खेलाडीको रुपमा दर्शकको साथ चाहिन्छ । राम्रो नतिजाका लागि लडाँई हुनेछ ।’ उनले भने ।

किरणले घरेलु दर्शकको उपस्थितीले मैदानमा खेल्न थप उर्जा प्राप्त हुने बताए ।

विश्वकप छनोटको खेल तालिका सार्वजनीक हुदाँ नेपालले सुरुवाती दुई खेल घरेलु मैदानमा खेल्नुपर्ने भएको थियो ।

तर पुनर्निमाणमा रहेको रंगशालाका कारण नेपालले सुरुवाती चारै खेल अवे खेलाउन फिफा र एएफसीलाई अनुरोध गर्यो । सोही अनुसार नेपालले सुरुवाती चारवटै अवे म्याच खेलिसकेको छ ।

नेपालले पहिलो खेल कुवेतविरुद्व लज्जास्पद नतिजा ब्यहोर्ने क्रममा ७–० ले पराजित भएको थियो । दोस्रो खेलमा चाईनिज ताईपेलाई उसैको मैदानमा २–० ले हराएको नेपालले अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० ले पराजित हुन पुगेको थियो ।

अब नेपालले पहिलो होम गममा मंसिर ३ गते कुवेतलाई आमन्त्रण गर्नेछ । यस्तै चैत १३ गते चाईनिज ताईपे, चैत १८ गते अष्ट्रेलिया र जेठ २२ गते जोर्डनलाई घरेलु मैदानमा आमन्त्रण गर्नेछ ।

तर, कुवेतविरुद्व दोस्रो लेगको खेल हुन झण्डै एक महिनामात्र बाँकी रहेपनि रंगशालाको पुनर्निमाणले पुर्णता पाउने सम्भावना निकै कम देखिन्छ । मैदान अझै बन्ने क्रममा छ । रंगशालाको भिआईपी प्यारापिटतर्फको छानो राख्न बाँकी छ ।

चारैतर्फको प्यारापिटमा सिट राख्ने काम अझै बाँकी छ । प्यारापिटमा राखिने सिटहरु अझै काठमाडौं आईपुगेका छैनन् । साउण्ड सिष्टम लगायतका काम यथावतनै छन् ।

सामान्य प्यारापिटतर्फको छानो हाल्ने काम सकिएको छ भने स्कोर बोर्ड र सेन्थेटिक ट्रयाकको काम सकिएको अवस्थामा छ । दशै अघिबाट मैदान सम्याउने काम गरिरहेको एन्फाले अहिले घाँस उमार्न लागेको छ ।

फुटबल टिमका प्रशिक्षक जोहान कालिन समेत घरेलु मैदानमा नेपाली टिमले सकारात्मक नतिजा निकाल्ने बताउँछन् ।

‘खेलाडीले देखाउने ब्यवहार निकै राम्रो छ । खेलाडीले कडा मेहनत गरेका छन् । घरेलु भुमीमा राम्रो नतिजाको आश गरेका छौ । उनले भने ।

‘घरेलु मैदानमा सबै खेल जित्न सक्छु त भन्दिन् । तर कडा मेहनत गरेर राम्रो नतिजा निकाल्न कोशिश गर्छु ।’ उनको दाबी छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान

पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान

फोर्टिसको ऐतिहासिक सुरुआत

फोर्टिसको ऐतिहासिक सुरुआत

लिभरपुलमा रोनाल्ड अनुबन्धित

लिभरपुलमा रोनाल्ड अनुबन्धित

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता