काठमाडौं । नेपाल बास्केटबल लिग (एनबीएल) थ्री अन थ्री इस्ट अन्तर्गत विराटनगरको उपाधि इस्टर्न स्विसले जितेको छ ।
बाल कल्याण बिद्या मन्दिरमा शुक्रबार भएको फाइनलमा आयोजक स्कुललाई नै २१–१३ ले पराजित गर्दै इस्टर्न स्विसले उपाधि जितेको हो । इस्टर्नको जितमा रबिन गौतमले सर्वाधिक १३ अंकको योगदान गरे ।
गौतमले नेपाल बास्केटल लिग साउथ साइडर्स क्लबबाट खेलेका थिए । उनले शुक्रबारचार खेलमा कुल ३९ अंकको योगदान गर्दै इस्टर्नलाई उपाधि दिलाएका हुन् ।
यसअघि सेमिफाइनलमा इस्टर्नले बेलबारी बास्केटबल क्लबलाई २१–५ को फराकिलो अन्तरले पराजित गरेको थियो । अर्को सेमिफाइनलमा बाल कल्याणले सगरमाथा सेकेण्डरी स्कुललाई १६–६ ले पराजित गरेको थियो ।
उपाधि जितेको इस्टर्न र र उपविजेता बाल कल्याण अब भाद्र १० मा विर्तामोडमा हुने थ्री अन थ्री इस्टको फाइनल चरणमा छनोट भएका छन् ।
इस्टको फाइनल्समा विराटनगरको दुई टोलीसहित धरान र विर्तामोडमा हुने प्रतियोगिताको फाइल पुग्ने टोलीहरुबीच प्रतिस्पर्धा हुनेछ ।
एनबिल इस्ट अन्तर्गत नै शनिबार धरानमा प्रतियोगिता हुनेछ । धरानको प्रतियोगितामा कुल १४ टिम रहेका छन् ।