काठमाडौं । आठौं गोल्डेन पीक अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएका छन् ।
आयोजक गोल्डेन पीकले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३० टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
चावहिलस्थित गोल्डेन पीक हाईस्कुलकोे कोर्टमा साउन १० गते देखि संचालन हुने प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १२ टिम, सिनियर गल्र्सतर्फ ६ टिम र सिनियर ब्वाइजतर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको गल्र्स टिमलाई दुई समूहमा बिभाजन गरिएको छ भने ब्वाईजलाई चार समूहमा बिभाजन गरिएको छ । जुनियर व्वाइजतर्फ ४ फिट १० इन्च सम्मको उचाई निर्धारण गरिएको छ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलमा नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहनेछ ।
साउन १७ गते सम्म संचालन हुने प्रतियोगिताका बिजेताले शिल्ड,मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित बजेट ३ लाख रहेको छ ।