काठमाडौं । साइपाल एकेडेमी र काठमाडौं नर्थ पोल क्लब (केएनपीसी) मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
साइपालले जेभियरलाई ४०–३५ ले पराजित गर्यो । साइपालको जितमा प्रतीक्षा मगरले १९ अंक योगदान दिइन् । अस्मिता मगरको ८ अंक सहयोगमा नर्थ पोलले आयोजक मोर्गनलाई ३६–२९ ले हरायो ।
ब्वाइजमा गोल्डेनगेट र सीसीआरसी उपाधिका लागि भिड्ने छन् । गोल्डेनगेटले जेभियरलाई ४५–४१ ले पाखा लगायो । विजेताका अभिषेक सिंहले २३ स्कोर गरे । सीसीआरसीले मोर्गनको चुनौती ५०–३८ ले पन्छायो । सीसीआरसीका सयुन राईले ८ अंक जोडे ।