काठमाडौं । बंगलादेशमा जारी फिबा यू-१६ एसियन च्याम्पियनसिप साबा क्वालिफायर बास्केटबलको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
शुक्रबार भएको खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग पराजित भएको हो । नेपाल बंगलादेशसँग ५६-५५ को झिनो अन्तरले पराजित भएको हो ।
योसंगै प्रतियोगितामा नेपाल एक जितसहित घर फर्किएको छ । बिहिबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । नेपालले माल्दिभ्सलाई ७८-३२ अंकले पराजित गरेको हो ।
त्यसअघि नेपालले लगातार दुई खेलमा पराजय व्यहोरेको थियो । नेपाल पहिलो खेलमा भारत र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।