काठमाडौँ
खेलकुदकाे कुम्भमेला रसिया विश्वकप २०१८ नजिकिँदै छ । सहभागी ३२ राष्ट्र २१औँ संस्करणको विश्वकपका लागि तयारमा जुटेका छन् । फुटबल पण्डितहरु कसले जित्ला भनेर अड्कलबाजी गरिरहेका छन् ।
विश्वकप सुरु हुन ९ दिन बाँकी हुँदै गर्दा आयोजक रसियाले पनि तयारी पूरा गरिसकेको छ । यस्तै फिफाले ३२ वटै राष्ट्रका अन्तिम टोलीको नाम सार्वजनिक गरिसकेको छ ।
विश्वकप सुरु हुनै लाग्दा केही रोचक पक्षलाई अंकमा हेरिन थालिएको छ ।
१, हामीलार्इ थाहा नै छ विश्वकपमा १ टिम च्याम्पियन बन्नेछ। तर, १ ट्रफिका लागि ३२ टोली प्रतिस्पर्धामा छन् ।
२, यस संस्करणमा दुई राष्ट्रले डेब्यु गर्दैछन् । युरोपियन राष्ट्र आइसल्याण्ड र सेन्ट्रल अमेरिकन राष्ट्रले पहिलो पटक विश्वकप खेल्ने भएका हुन् ।
४, ४ पटकको च्याम्पियन इटली यस पटक हुने छैन ।
५, मेक्सिकोका राफेल मार्केज लगातार पाँचौँ पटक विश्वकप खेल्न भएका छन् ।
६, विश्वकप विजेताले ६.१७५ केजीको ट्रपी उचाल्न पाउनेछन्।
९, सन् २०१४ मा ब्राजिलमा विश्वकप जितेमामध्ये ९ खेलाडीले याे वर्ष पनि खेल्ने भएका छन् ।
११, रसियाको ११ शहरमा विश्वकप खेल हुनेछ ।
१६, रसियन विश्वकपमा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीबाट १६ खेलाडी छनोट भएका छन् ।
१९, रसियामा विश्वकप खेल्ने कान्छा खेलाडी अष्ट्रेलियाका ड्यानिएल अर्जानी १९ वर्ष ५ महिनाका भएका छन् ।
२३, इंग्ल्याण्ड मात्र त्यस्तो एउटा टिम हो जसको टोलीका २३ खेलाडी घरेलु लिगबाट खेल्दै अाएका छन् ।
३८, रसियामा विश्वकप जित्ने टिमले ३८ मिलियन अर्थात ३८ करोड अमेरिकी डलर पुरस्कार पाउनेछन् ।