पदक विजेता सिमोन सम्मानित
आइतबार, असार १५, २०७६खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा भएको भीकेएल सुकोकाइ खुला कराते च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडी सिमोन खत्रीलाई नेपाल वादोरियो कराते संघले शनिबार स्वागत तथा सम्मान गरेको छ ।
जुन १६ तारिखमा भएको प्रतियोगताको पुरुष ७५ केजीमाथि सिमोनले रजत जितेका थिए । फाइनलमा सिमोन अष्ट्रेलियाका खेलाडीसंग चुकेपछि रजतमा सीमित भएका थिए ।
नेपाल कराते महासंघका महासचिव समेत रहेका वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसी, खेलाडी, प्रशिक्षकलगायतले सिमोनलाई खादा लगाइ स्वागत गर्नुका साथै सम्मान गरेका थिए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सिमोनको सातौं पदक हो ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


