करातेलाई केल्मीको साथ

काठमाडौं । नेपाल कराते महासंघलाई खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय ब्राण्ड केल्मी नेपालले प्रायोजन गरेको छ ।
केल्मी नेपालले महासंघलाई २ बर्षको लागि खेलकुद सामग्री प्रायोजन गरेको हो ।
नेपाल कराते महासंघ र केल्मीको नेपालमा आधिकारिक बिक्री वितरक कामारु ट्रेडिङ प्रालिले शुक्रबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
महासंघका कामारु ट्रेडिङका म्यानेजिङ डिरेक्टर उत्तम न्यौपाने र महासंघका सह अध्यक्ष दावा गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै केल्मीले महासंघलाई २ लाख बराबरको खेल सामग्री उपलब्ध गराउने छ ।

यस्तै नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी खेलाडीले केल्मीको सामान खरिदमा ३० र राष्ट्रिय खेलाडीलाई २० प्रतिशत छुट पाउने छन् । दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका खेलाडीहरुले पनि ३० प्रतिशत छुट पाउने छन् ।
यस्तै कार्यक्रममा १३ औं सागका लागि तयारी गरिरहेका नेपाली कराते टिमको २१ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापकलाई खेलकुद सामग्री प्रदान गरिएको थियो ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


