कांस्य विजेता समिर फर्किए
बिहिबार, असार १२, २०७६खेलपाटी संवाददाता

काठमाडौं । म्यानमारमा सम्पन्न दोस्रो माचुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिपमा कांस्य पदक बिजेता समिर खड्गी स्वदेश फर्किएका छन् । समिर बिहिवार अपरान्ह स्वदेश फर्किएका हुन् ।
म्यानमारको रङ्गुन शहरमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कांस्य पदक जितेका थिए ।
समीरले १४ वर्षमुनि उमेर समूहको क्वार्टरफाइनलमा इन्डोनेसियाका स्टुवार्ट यावलाई हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए । त्यसअघिको पहिलो चरणमा भने उनले घरेलु प्रतिद्वन्द्वी हेइन नान्द क्यावलाई पन्छाएको थिए ।
उनलाई किर्तिपुरस्थित पुष्पसदन स्कुलका संस्थापक अध्यक्ष महेश श्रेष्ठ,संघ प्रतिनिधि,परिवारजन र खेलाडीहरुले स्वागत गरेका थिए ।
नेपालका लागि ७० केजीमाथि प्रतिस्पर्धा गरेका नारायणलाल मोक्तान भने पदकविहीन घर फर्किए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


